• घनबहादुर थापा

परदेश गई परदेशी बन्नै सकिनँ
उत्तम बाली फल्ने जमिन खन्नै सकिनँ ।

मनको इच्छा कुतूहलता साकार त भयो
फर्कूं स्वदेश बसूँ परदेश भन्नै सकिनँ ।

मातृभूमि आफन्तको माया पलाई आउँदा
पराइ फूलको नवरस तान्नै सकिनँ ।

नेपालआमा न्यानो काख अन्त कहाँ होला ?
कति होलान् अब्बल परदेश गन्नै सकिनँ ।

विदेशको मायाजाल कतिलाई प्यारो छ है
समीप आउँदा त्यही माया नि उन्नै सकिनँ ।

Facebook Comments Box

Similar Posts