• सञ्जय सुमन

धेरै पहिलादेखि भनेको हुँ –
सरकार ! मेरो मनलाई बाँध
यी आँखामा चट्टानी जाली लगाऊ
म भक्कानिएँ भने
तिम्रो घर अछुतो रहने छैन

अनि
ऊ गाउँ छोडेर सहर पस्यो
यी आँखाहरु भने
रसाइरहन्छ बगिरहन्छ, बगाइरहन्छ ।
न सरकार आइपुग्छ
न पुग्न सक्छु
म उसको दैलो ।

Facebook Comments Box

Similar Posts