ओमनाथ नेपाल
(काशी हिन्दु विश्वविद्यालय, वाराणसी, भारत)
उड्दाउड्दै हत्केलामा चेप्टिएको
दुईचार खुट्टा भाँचिएको
टाउको फुट्ने गरी रन्किएको
हतास श्वास फेर्न नपाई नपाइएको त्रास ।
टुङ्गो छैन बासगाँसको
के नै हुन्थ्यो घर यस्तो लासको
खोजी हिँड्छ घोर अन्धकारमा
प्यासी भई दिनरातको ।।
कोही काला वर्गका कोही गोरा
स्वाद चाख्दा रहेछन् एकै प्रकारका
कोही छन् गरम रगतका
कोही छन् गर्मीमा सेलाएका ।
नभएको होइन नाता गोत्रको
लामो ताँती छ नाताकुटुम्बको
शरीर सानो तर बुद्धि कस्तो
प्रयास उनको माकुरो जस्तो ।।
ठुलो अति ठुलो अजिङ्गरको
कानमा गायो गीत अति मधुरो
मिठो लाग्छ लाग्दैन कुन्नि
ताली बजायो अति पिर लाग्दो ।।