शैलेन्द्रप्रसाद सिग्देल

बगर मेरो बाटो
हिमशृङ्खला मेरो मुहान
प्रकृतिसँग घुम्दै, खेल्दै, गाउँदै

गन्तव्य बनाउँछु सागरलाई
मैले सागरलाई चुम्दा
म हिँड्ने बाटोमा
अनेकौँ संस्कृति, सभ्यता बन्छन्
यिनै संस्कृति, सभ्यता बोक्दै
सिङ्गो भूगोललाई परिक्रमा गर्छु
प्राण दिन्छु पृथ्वीबासीलाई

रहेसम्म धर्ती हराभरा रहने छ
कोइली गीत गाउँछ,
मयूर नाच्छ,
झरना सङ्गीत भर्छ

प्यासीहरुको प्यास मेटाउँदै
बगिरहने छु अनन्त ।

Facebook Comments Box

Similar Posts