नवराज दाहाल ‘उत्साही’
(बनेपा ३, काभ्रे)
टाउकेहरुका अब पोल नखोली
के लेख्नु कविता विद्रोह नबोली
भुँइमान्छेहरु झन् झन् गिरेका
बस्तीहरु अझै विकृति भिरेका ।
समानता कता छ समता हरायो
भुइँमान्छे होचा कसले गरायो
टाउकेहरुका अब पोल नखोली
के लेख्नु कविता विद्रोह नबोली ।
तन्नेरीविहीन हुने भो त देश
कुत वकिल हेर्लान् अब यस्तो केस
टाउकेहरुका अब पोल नखोली
के लेख्नु कविता विद्रोह नबोली ।
भुइँमान्छे आऊ अब उठ्नुपर्छ
टाउकेहरु त परे कुट्नुपर्छ
टाउकेहरुका अब पोल नखोली
के लेख्नु कविता विद्रोह नबोली ।


