शरद प्रधान

हुरी भएर बाँच्न पाए
कति कति व्यथा उडाइदिन्थे
खोला भएर बग्न पाए
कति मनको वहलाई बगाइदिन्थे
म त मानिस भए छु
आफ्नै वेदनाले भरेको
स्नेहको अभावले झेलिएको
कति रूखो रहेछ
तिम्रो त्यो संसार
परिवर्तन भइरहन्छ त्यो मायाको आकार
आँखाको दुई किनारमा
म तिमीलाई पर्खी बसेँ
मायाको दुई दोभानमा
म सधैँझैँ बगिरहेँ
मायाको व्याथा हावाझैँ उडाउन पाए
कति हल्का हुन्थ्यिो हृदय त्यो
मेरो जीवन कथा सुनाउन पाए
कति शान्त हुन्थियो हृदय मेरो ।

Facebook Comments Box

Similar Posts