श्यामप्रसाद श्रेष्ठ

‘अलक बमबम !’
‘यस्तो स्वस्थ हृष्टपुष्ट मान्छेले पनि माग्छ ?’
‘मागेर नै यति स्वस्थ भएको छु त, यस्तै रहन माग्नै पर्यो नि !’
‘तिम्रो त माटो छोए सुन, झार छोए सञ्जीवनी, पानी छोए ऊर्जा हुने जस्ता अनेकन् अलौकिक कुराहरु छन् । तिनीहरु किन छुँदैनौ ?’
‘बरबाद हुन्छ भनेर नछोएको !’
‘कसरी ?’
‘छोयो भने समृद्धि हुन्छ, समृद्धि भयो भने छोराछोरीहरु सुखी हुन्छन्, यसैले नछोएको !’
‘तिमी कस्तो अभिभावक ? के तिमी आफ्नो सन्तानले सुख पाएको हेर्न चाहन्नौ ?’
‘हो, म तिनीहरुले सुख हैन सधैँभरि दुःख पाएको हेर्न चाहन्छु ।’
‘किन ?’
‘दुःख पायो भने तिनीहरु बाहिर काम गर्न जान्छन् ।’
‘के तिमी आफ्नो दक्ष युवा सन्तानलाई बाहिर काम गर्न पठाउन चाहन्छौ ?’
‘हो, यसमा कुनै शङ्का छैन ।’
‘किन ?’
‘यस घरमा स्वच्छन्द शासन चलाउन ।’

Facebook Comments Box

Similar Posts