सुशान्त थापा
(विराटनगर १३)
मलाई तिमीसँग
साहित्य पढ्न मन छ
जसले उमेरको मात होइन
जीवनभरको साथ बुझ्न सिकाओस्
मैले प्रेमको परिभाषालाई
प्रेम गरेकोे छु
तिमी कुन स्वरुप भएर आउने छौ
मलाई थाहा छैन ।
मेरो कल्पनाको नगरमा
तिम्रो विपनाको सहर
रहरहरुको रङ हो ।
मैले आफ्ना लागि प्रेमिका रोजिनँ
तर प्रेमको चोखो परिभाषासँग
प्रेम गर्ने भएको हुँदा
आफूलाई प्रेमको काव्यको
एउटा प्रेमिल गुलाफ
हुनबाट रोक्न सकिनँ ।
म बगैँचामा छु
प्रेमको साहित्य उदास छैन
जीवनमा कसैले मेरो कवितामा
मुस्कुराएको र सुस्तरी मन साटेको
हेर्न मन छ,
मलाई तिमीसँग
साहित्य पढ्न मन छ ।


