रजनी खत्री
दक्षिणकाली, सोखेल
विश्वको शिर सगरमाथा
पर्यटनको आधार हाम्रो
हरियाली प्रकृति, नदीनाला सबै
पर्यटनको सार हाम्रो
विभिन्न जातजाति, भाषा, धर्म, संस्कृति
संसारमा फरक उपहार त्यो
जो जति जहाँबाट आउँछन्
पर्यटक लाग्छ अति राम्रो यो
डाँफे, मुनाल, कोइली चरी गीत गुनगुनाउँदै
स्वागत गर्छन् मिठो धुनले पाहुना आए भन्दै
ताल, तलैया, बाग, बगैँचा, पर्वत थुम्काहरुले
सुसाउँदै, मुस्कुराउँदै साउती मार्छन् पर्यटक आए भन्दै
मठमन्दिर, देवालय, प्राचीन वस्तु उस्तै
चित्रकार, शिल्पकारले सजाएको कला त्यस्तै
थाक्दैनन् तिनको मन, तिनका आँखा
यहाँको कलाकारिता हेरी
एकैपटक आएर यो देशमा अघाउँदैन
उनको तन फेरि
बारम्बार आऊँ आऊँ लाग्छ भन्छन् उनीहरु
यहाँ छ सौन्र्दर्य यस्तै
हेरेर, देखेर, स्पर्श गरेर अघाई साध्य छैन
नेपालको सुन्दरता त्यस्तै
फरक फरक वेशभूषा,
बेग्लै पहिचान अनि छुट्टै परिकार
नेपालीले गर्छन् अतिथिलाई
अति मिठो प्रेमिल सत्कार ।


