बिलोक शर्मा
(डुवर्स, भारत)
म शून्य भएको छु !
आकारहीन
भारहीन
आयतनहीन
उक्कालो उक्कालो
एउटा बाक्लो संसार
शून्यताको !
शून्यता–
जसले पीढा सहेको छ
व्यथा भोगेको छ
मर्म सम्हालेको छ
स्नेह साँचेको छ
तर शून्य छ ।
के छ त्यो शून्यतामा ?
शान्ति
मुक्ति
मोक्ष कि
कालबोध
……..
अस्तित्व/जीवनबोध ?
एउटा यात्रा
पयरविहीन…
सत्यका पखेटाहरुसित
अनन्त निर्विकार निर्लिप्त
तर अदृश्य…
अदृश्य…
अदृश्य… !!
Facebook Comments Box


