प्रकाश बस्नेत गफाडी
(काजि आलापोट)
घट्दै घट्दै जान थालेपछि
सुन्ने कथाहरुमा विश्वास
चटक्क छाडेको हुँ
कथाहरु सुन्न
काल्पनिक
लाग्न थालेपछि
पढ्ने कथाहरु
छुटिगएको हो
पढ्ने कथाको तलतल पनि
अचेल म
हेर्ने कथाहरुको
लती बनेको छु
जहाँ
यथार्थको सानो संसार
चियाउन सकिन्छ
ए !
पत्रकार महोदय
तपाईंहरुले निर्माण गरेको
हेर्ने कथाले
प्रकाश तामाङलाई
जस्तै
बर्सौंदेखि
देशबाटै हराएको
यो देशलाई
कृपया सकुशल
फर्काइदिन सक्नुहुन्छ ?


