अरूणबहादुर खत्री ‘नदी’

छोरीलाई टाउको दुखेर ज्वरो आएको थियो । औषधी किन्न पैसा नभएर राममाया छिमेकी भगवतीकहाँ सापटी माग्न पुगिन्, ‘आज मेरी छोरीलाई टाउको दुखेर ज्वरो आएकोले औषधी किन्न हजुरकहाँ एक हजार सापटी माग्न आएँ ।’
‘तिमीलाई हरेक दिन चुरोट खाइरहन सापटी माग्न आउनु नपर्ने । औषधी किन्न चाहिँ सापटी माग्न आउनुपर्ने । यो के चाला हो तिम्रो !’ भगवतीले भनिन् ।
‘चुरोट खान चाहिँ मैले सुशीलाको बुबाले जागिर खानुहुँदा कमाउनुभएको पैसा जोगाएर राखेको छु ।’ राममायाले भनिन् ।’
‘तिमीले आजैदेखि चुरोट खान छाड्ने भए सापटी दिन्छु नत्र दिन्नँ ।’ भगवतीले भनिन् ।
‘हुन्छ हजुर म आजैदेखि चुरोट खान्नँ ।’ राममायाले भनिन् ।

Facebook Comments Box

Similar Posts