लीलाराज दाहाल

भोकमरी पो लाग्ने हो कि साँच्चै यो पालि
अनिकाल पो लाग्ने हो कि चुलो नबली ।

धाँजा धाँजा भयो खेत कहालिन्छ यो मन
बिउ सबै मरिगयो भक्कानिन्छ यो मन
कतै भोक आउने हो कि बजाउँदै थाली
अनिकाल पो लाग्ने हो कि चुलो नबली ।

स्वर्गको टुक्रा तराई अन्नको यो भण्डार
चारैतिर फैलाउँथ्यो साँच्चै सहकाल ।
यता मात्रै खँडेरी छ, सुक्यो सबै बाली
अनिकाल पो लाग्ने हो कि चुलो नबली ।

Facebook Comments Box

Similar Posts