गोविन्द गिरी ‘प्रेरणा’

हजारौँहजार वर्षदेखि
नित्य निरन्तर
सहज श्वास प्रश्वास लिइरहेको
म एक बुढो वृक्ष
अनेकन् मैजस्ता वृक्षहरु माझ
सदा सदा रमाइरहेँ ।

आजकाल मलाई
मानिसको सासले उकुसमुकुस हुन्छ
मान्छेको हिंस्रक स्वभावले
त्रसित बनाउँछ ।

म बुढो रूख
हुनसम्म तिर्खाएको छु
छेउको नदी
बगरमा अन्तर्ध्यान भएको छ
म काकाकुल बनेको छु
फगत मृगतृष्णाका अल्झेको छु ।

कसले जोगाउला यो घरती
कसले रक्षे गर्ला यो आकाश
हराभरा हरित लता वृक्षहरुको
अरण्य कता हरायो ?
कुन पापीले माटोलाई विषाक्त बनायो
र सातो लियो
कुन पापीले वायुलाई विषाक्त बनायो
र सातो लियो ।

प्लास्टिकले म दूषित छु
प्रदूषित छु
विकिरणले अधमरो भएको छु
विषादी डामले
मलाई घनघोर छटपटी भएको छ ।

मासिने हो कि यो युग
यसरी शनैशनैः
उत्तर निरूत्तर छ

Facebook Comments Box

Similar Posts