अभय श्रेष्ठ
खोलाखोल्सी माछा छैन, हिमालमा हिउँ छैन
खेतै बाँझो, बारी बाँझो, छर्नलाई बिउ छैन
नाङ्गो भएँ भन्दै घरी घरी हिमाल रून्छ
नाङ्गो हिमाल, नाङ्गो नदी, नाङ्गो वन जुन छ
रूख हरियो पात हुँदा, हाँगा हुँदा, जरा हुँदा
रूख भन्छ, चराजस्तो मेरो माया कुन छ ?
लहराउँदै बगी हिँड्ने खोला भयो सुक्खा
किनारालाई नछोई सुक्नु उसको कत्रो दुःख
जो त बग्थ्यो, उही सुकखा, उही बर्बादीमा
वनै चिरा, मनै चिरा चिरा पार्ने फुक्का
यो हावा, यो पानी, घामजून हो साझा
सबै बेच्छु भनी आयो कोही हाम्रो माझ
बाँचेकै छ आजसम्म रोई रोई माटो
माटो चिरा, मुटु चिरा, मान्छे चिरा आज ।


