युवराज मैनाली

वैदिक साहित्यमा काव्य शब्दको प्रयोग व्यापक अर्थमा भएको पाइन्छ । पूर्वीय साहित्यको प्रारम्भमा काव्यका दुई भेद देखाइएको छ । श्रव्य र दृश्य । कालान्तरमा गद्य र पद्यसँगै विविध भेद देखा पर्छन् । साहित्यमा काव्य शब्दको अर्थसङ्कोच भई पद्यरचनालाई काव्यले बुझाएको पाइन्छ अर्थात् कवितात्मक रचनालाई काव्य शब्दले बुझाएको छ । खण्डकाव्य शब्दको सर्वप्रथम उल्लेख विश्वनाथको साहित्य दर्पणमा भएको हो । विश्वनाथले आफ्नो ग्रन्थमा ‘खण्डकाव्य भवेत काव्यस्यैक रेशानुसारी च’ भन्ने उल्लेख गरेका छन् ।
खण्डकाव्यलाई विभिन्न विद्वान्ले विविध खाले परिभाषा दिए । धेरैजसो विद्वान्ले खण्डकाव्यमा रहेका कतिपय गुण महाकाव्य निकट रहेको तथ्य स्विकारे । खण्डकाव्य र महाकाव्यका कतिपय गुणले युक्त जीवनको कुनै एक भाग वा निश्चित घटनाको वर्णन गरिएको काव्य हो । खण्डकाव्यलाई छन्द वा स्वछन्द दुवै तरिकाले लेख्न सकिन्छ । एक वा एकभन्दा बढी छन्दमा खण्डकाव्य लेख्दा रस, अलङ्कार आदिले युक्त हुनुपर्छ । मुक्त छन्दमा लेखिएको खण्डकाव्यमा प्रतीक, बिम्ब, अलङ्कार आदिको उचित समायोजन गरिएको हुनुपर्छ ।
नेपाली साहित्यमा खण्डकाव्यको इतिहासलाई नियाल्ने हो भने नेपाल र नेपाली भाषाको एकीकरणपश्चात् वि.सं. १८८४ मा प्रकाशित वसन्त शर्मा लुइँटेलको श्रीकृष्ण चरित्रलाई प्रथम खण्डकाव्य मानिएको छ । हुन त यसभन्दा अगाडिको कविताको मझौला स्वरुपको कृति उदयानन्दको बेताल पच्चिसी(१८७२)लाई कतिपय विद्वान्ले खण्डकाव्य स्विकारेका छन् । जेहोस् अठारौँ शताब्दीबाट सुरू भएको नेपाली खण्डकाव्य परम्परामा प्राथमिक, माध्यमिक हुँदै १९७३ मा कवि शिरोमणि लेखनाथ पौड्यालको ऋतुविचार प्रकाशनपछि नेपाली खण्डकाव्यले आधुनिकता प्राप्त गरेसँगै आधुनिक काल प्रारम्भ भएको मानिन्छ । नेपाली खण्डकाव्य परम्परामा लेखनाथ पौड्यालपछि विभिन्न वाद, धारा र प्रवृत्ति अँगालेर बालकृष्ण सम, महाकवि लक्ष्मीप्रसाद देवकोटा, युगकवि सिद्धिचरण श्रेष्ठ, राष्ट्रकवि माधवप्रसाद घिमिरे, भरतराज पन्त, मोहन कोइरालालगायतकास्रष्टाले योगदान दिएका छन् । परिष्कारवादी धाराबाट सुरू भएको खण्डकाव्यले विविध धारा र वादलाई पछि पार्दै प्रयोगशील स्वरुप ग्रहण गरेको छ ।समृद्ध खण्डकाव्य परम्परामा हरिभक्त सिग्देल ‘महेश’गौराङ्ग खण्डकाव्य लिएर २०७७मादेखापर्छन्।
साहित्यका फुटकर र मझौला रुपमा कलम चलाउने सिग्देलको साहित्ययात्रा कविता लेखनबाट आरम्भ भएको हो । उनले कविता, नियात्रा, भजन, अनुवाद, अन्वेषण र व्यावसायिक लेखनमा समेत कलम चलाएका छन् ।आध्यात्मिक चिन्तनमा रमाउने सिग्देलको आध्यात्मिक अनुसन्धानात्मक महङ्खवपूर्ण प्रकाशित कृति एकमात्र हो । यसमा सिग्देलले ईश्वरको महिमा गाउँदै ईश्वर एक भएको तर्क गरेका छन् । विविध नाममा ईश्वर, अल्लाह, बुद्ध, यशु जसले जे भने पनि र मन्दिर, गुम्बा, चर्च, मस्जिद जहाँ गए पनि परमेश्वर र भगवान् एउटै हो भन्ने भाव व्यक्त गरेका छन् । गौराङ्ग हरिभक्त सिग्देलको २०७७ सालमा प्रकाशित कृति हो । प्रस्तुत कृति सिर्जनामा कविले माधवप्रसाद घिमिरेको गौरी खण्डकाव्यलाई प्रेरणा स्रोतका रुपमा लिएको बताएका छन् ।
सिग्देलद्वारा लिखित गौराङ्ग खण्डकाव्यको संरचनात्मक स्वरुप बाहिरी कभर पेजमा सन्त पुरूष गौराङ्गको तस्बिर छ । प्रस्तुत खण्डकाव्य नौ सर्गमा विभक्त छ । अनुष्टुप छन्दमा लेखिएको काव्य चौसट्ठी पृष्ठको बाहिरी आयाममा विस्तारित छ । प्रस्तुत गरिएका सर्गमा अलग अलग शीर्षक दिइएको छ । कलानिधि दाहालको कविता ‘गौराङ्ग भित्र’ शीर्षकमा भूमिका लेखन रहेको खण्डकाव्यमा काव्य पराम्पराकै मङ्गलाचरणबाटश्रीगणेश गरी ‘म हुन्छु एक्लै अब’ शीर्षकमा आफ्नो परिचय दिइएको छ । प्रहरी जागिरे हुदाँहुदै पनि भक्तिमार्गमा हिँडेका सिग्देलले उदार, निर्भीक, निस्स्वार्थ एउटा सन्त पुरूष गौराङ्ग बाबाको उताराद्र्धको जीवन कथालाई कलियुगको महर्षी पुरूषकारुपमा चित्रण गर्दै खण्डकाव्य सिर्जना गरेका छन् ।
सिग्देलद्वारा लिखित खण्डकाव्यका नौ सर्गमा प्राप्त सन्देश, भाव, कथानक आदिलाई सर्गअनुसार व्रmमशःनिम्नानुसार प्रस्तुत गरिएको छ ः
प्रथम सर्ग अर्थात् सर्ग एकमा ‘पशुपति दाहिना भएपछि’ शीर्षकमा ५० श्लोक छन् । कविले आफ्नो परिचय प्रहरीमा जागिर खाँदाको अवस्था, मातापिताको नाम आदि पूर्व मङ्गलाचरणको उपशीर्षकमा उल्लेख गरेका छन् भने प्रथम सर्गमा पशुपतिनाथका कृपाले पदोन्नति भई प्रहरी नायब निरीक्षक पदमा गौशाला वडा प्रहरी कार्यालयमा पदस्थापना भएको बताएका छन् ।
सातसय जना प्र.ना.नि.मध्ये कविकै दरबन्दी पर्ने दैवी कृपा ठानेका कविले अग्रसरतामा राजा र पशुपति मूल भट्टका कृपाबाट पशुपति विकासको गुठीकै जग्गामा प्रहरी थाना तत्कालीन वडा प्रहरी कार्यालय हालको महानगरीय प्रहरी वृत्त गौशालाको निर्माण भएको कुरा उल्लेख गरेका छन् । आध्यात्मिक चिन्तक कविले जग्गा व्यवस्थापन भवननिर्माणलगायत शान्ति सुव्यवस्थामा समेत पशुपतिको कृपा भएको ठान्दछन् ।
शान्ति सुव्यवस्था अमनचयन कायमपछि ईश्वरको खोजीमा तल्लीन कविले खोज्दै जाँदा दुधाहारी बाबा, अघोरी बाबालाई पनि भेटेका छन् । उनी बस्ने ब्यारेकमा समेत कहिलेकाहीँ राम, सीता साधु घुम्न आएको कुरा बताएका छन् । उनले सिद्धलाई बाबा सिद्धनाथ हुँदै लम्बकर्ण भट्टका वंशज ज्ञानेश्वरका पूजारी मदन भट्टमार्फत मुक्ति के.सी. (नारायण बाबा) र गौराङ्गसँग गोकर्णमा दर्शनभेट पाई आफू धन्य भएको बताएका छन् ।
कमलपोखरीमा बस्ने धनसम्पत्तिका वैभवशाली फजुल खर्चमा रमाएका मुक्ति के.सी नामका व्यक्ति पछि बाबाका भक्त बनी सिद्धि प्राप्त गरेको बताएका छन् ।
गोकर्णको कान्तिभैरवमा व्यवस्थापन गर्न प्राध्यापक डा.ऋषिराम पोख्रेलको संयोजकत्वमा निर्मित दर्शन कार्यव्रmममा सम्पूर्ण भक्तजन तथा मन्त्री र राजपरिवारले समेत बोरे, चाँग्रे बाबा र गौराङ्गको दर्शन गरेको कथालाई प्रथम सर्गमा समेटिएको छ । दोस्रो सर्गमा भक्तपुरमा ‘प्रसाद वितरण’ शीर्षकमा सत्तरी श्लोक छन् । प्रस्तुत श्लोकमा कविले बाबा गौराङ्गकै व्रिmयाव्यापारलाई विश्लेषण र वर्णन गरेका छन् । भक्तजनबाट प्राप्त दान र चढावाले बाबाको खाद्य मात्र परिपूर्ति गरेको छैन जति आउँछन् सबैलाई दिन्छन्, बाँड्छन तर पनि उनको झोला कहिल्यै रित्तो हुँदैन जतिजनाले हात थापे पनि खाली फर्कनु नपर्ने शक्ति भएको कुरा उल्लेख गरिएको छ ।
पूर्वी पहाडमा जन्मिएका कद सानो भएका यशस्वी भक्तजनलाई परैबाट रमाउने लामो जटा पालेका गौराङ्गले राजा महेन्द्रलाई तिम्रा छोराहरुले राज्यसत्ता धान्न सक्दैनन्, धर्ममा रहँदैनन् भन्दै आँट, बुद्धि र वैभवको पराव्रmम नष्ट भएर राज्य सरकार अरुलाई सुम्पनेछन् भन्ने भविष्यवाणी गरेका थिए । चोभारमा ध्यानमग्न गौराङ्ग आर्यघाट नगई सूर्यकुण्ड गुफामा ध्यानमग्न भएको र ओडारमा विभिन्न चित्रसमेत कोरेको बताइएको छ । डिल्लीबजारका मुक्ति के.सी. भारतको दिल्लीबाट उपचार नभई निको नहुने भनी फर्काएका व्यक्तिलाई बाबाको कृपाबाट ठिक पारी स्वस्थ जीवन बिताइरहेको तथ्य प्रस्तुत गर्दै वर्तमान औषधालय, चिकित्सा पद्धति, स्वास्थ्य उपचार र विज्ञानलाई चुनौती दिएको कुरालाई उनले खण्डकाव्यमा उल्लेख गरेका छन् । यसरी बाबाबाट प्राप्त जीवन मुक्तिलेब्रह्मचर्य भई बाबाकै वरिपरि सेवासत्कारमा बिताएका छन् ।
आफूसँगको शक्ति, भक्ति र कृतिलाई प्रचार गर्न नरूचाउने स्वभावका बाबा शक्तिका स्रोत भएको उल्लेख गरेका छन् । बाबालाई कहिले निराश नहुने, कहिले उत्साही नहुने, निर्भीक तपस्वीका रुपमा वर्णन गरेका छन् । डिबी लामा आइजिपी भएका बेला कविको सरूवा बौद्धमा हुन्छ । त्यस बेला घुस नखाई भक्तिमार्गमा लागेको बताएका छन् । ज्ञानका स्रोततङ्खव द्रष्टा, दूरद्रष्टा सागर मन्थन गरेर अमृत निकाल्न सक्ने स्रोत गौराङ्ग बाबा भनी दोस्रो सर्गको बिट मारिएको छ ।
सर्ग तीनमा ‘कालमोचन घाटमा’ शीर्षक बाह्रओटा श्लोक छन् । बाबा केही दिनका लागि कालमोचन घाट गएको कुरा उल्लेख छ । कालमोचन घाटमा छोटो अवधिको बसाइमा भएको घटनालाई सामेल गराइएको छ । बाबाको रेखदेखमा स्वतःस्फुर्त मुक्ति के.सी. खटिएको र राजाले तत्कालीन जर्नेल पुष्प के.सी.लाई कतै घुम्न जाने इच्छा भए हेलिकप्टरबाट दर्शन गराउनू भन्ने हुकुम भएको कुरा राख्दा बाबाले हेलिकप्टर देश र जनताको सेवामा समर्पित गर्नू भनी आफूलाई कुनै मोह नभएको कुरा बताएर सिद्धपुरूष स्थापित गरेको कुरा बताएका छन् । त्यसै गरी बाबाको शक्ति र भक्तिलाई नष्टभ्रष्ट पार्न तिब्बतबाट आएका तान्त्रिक सव्रिmय रहे पनि सफल नभएको उल्टै माफी मागेको कुरा लेखकले तेस्रो सर्गमा वर्णन गरेका छन् ।
सर्ग चारमा ‘उत्तरवाहिनी गोकर्ण कान्ति भैरव’ शीर्षकमा कविले छत्तिसओटा श्लोक रचना गरेका छन् । यिनमा कविले गोकर्णमा पुगेका बाबाको व्रिmयाकलाप र भोगाइ प्रस्तुत गरेका हुन् । उत्तर वाहिनीको वैदिक काल देखेका कान्ति भैरव कुटीमा बसेका गौराङ्गलाई सबैले सेवासत्कार गर्ने गरेको र खुसी मनले दिएको चिज आफू लिएर भक्तजनलाई समर्पण गर्ने बाबाले शुद्ध मनले नदिएका वस्तुलाई नस्विकार्ने वा गङ्गामा र बाँदरलाई समर्पण गर्ने गरेको कुरा कविले उल्लेख गरेका छन् ।
बाबाबाट दसैँको टीकासमेत ग्रहण गर्ने गरेका भक्तजनमध्ये कवि पनि पर्दछन् । उनले आफ्नी छोरीको विवाहपछि छोरीज्वाइँलाई लिएर गई बाबाको आशीर्वाद लिएर ढुक्क रहेको कुरा उल्लेख गरेका छन् । बालबच्चालाई स्याउ खुवाउन भनी आदेश दिएका बाबाले कविकीश्रीमतीले बाबालाई स्याउ किन्न जिद्धी गरेको कुरा बताउँदा अन्तर्यामी शक्ति महसुस गरेका हुन् । ढोङ र अहङ्कारले भरिएको जगत्मा निर्मल, स्वच्छ र पवित्र बाबाको प्रशंसामै आफ्नो कवित्वमा खन्याएका छन् ।के.सी. थरका भक्त हनुमानका अनुयायी भए पनि बाबाको सन्निकटमा रहेको र उनले बाबालाई गरेको सम्मान र सत्कारबाट कवि प्रभावित भएकाले श्रद्धासुमन अर्पण गरेका छन् । यसरी बाबा र सेवकको प्रशंसामा कविको भावना अभिव्यक्त भएका छन् ।
सर्ग पाँचमा ‘शिवमन्दिर मूलघाट धनकुटा’ शीर्षक दिइएको छ । प्रस्तुत शीर्षकमा कविले बिस श्लोक रचेका छन् जसमा बाबा धनकुटामा बस्दारहँदाका घटनाव्रmमलाई उतारेका छन् । कविले घटनाव्रmमसँगसँगै प्रकृतिको सुन्दरतालाई स्वच्छन्द ढङ्गले प्रस्तुत गरेका छन् । पूर्वी नेपालको रम्य प्रकृति महापुर र आसपासबाट बग्ने नदीहरु भेडेटारदेखि घुमाउने चौतारी, मूलघाटका उकालीओराली, विभिन्न मठमन्दिर र बाटाघाटाको वर्णन गरेका छन् । गौराङ्ग बाबा धनकुटाको जङ्गल छेउको कुटीमा बस्दा त्यहाँका इन्सपेक्टर र सिडियोहरु बाबाको बसाइ कस्तो छ भनी कुटीमा हेर्न जाँदा कुटीको दायाँबायाँ बाघहरु बसेको देखेर भागेर फर्किएको घटनालाई भोलिपल्ट बाबासँग माफ माग्न जाँदा ती बाघका छाउराले केही नगर्ने बताएका बाबाले किन हिजो फर्केको भनी प्रश्न गरेको बताइएको छ । तत्पश्चात् बाबाको कुटीमा बाघले पहरा दिने हल्ला चलेको थियो । गौराङ्ग बाबाले मूलघाटमा भगवान् सुत्नुभएको छ, उठाउनुपर्छ भन्दा नपत्याएका व्यक्तिले बाबाको तीव्र इच्छा र जिद्धीले घाटमा खन्दा शिवलिङ्ग प्राप्त भएको कुरा कविले उल्लेख गरेका छन् । तत्पश्चात् शिवमन्दिर बनाएको घटना बताएका छन् । गौराङ्ग बाबाको विविध चर्चापरिचर्चा भएको, धनकुटाबाट फर्केर बाबाले पुनः काठमाडौँको चोभारको गुफामा ध्यान गर्न रोजेर त्यहाँ बसेको घटनालाई कथानकमा उनिएको छ ।
सर्ग छ मा ‘करङको समस्या हुँदा’ शीर्षकमा कविले उन्नाइस श्लोकमा बाबा गौराङ्ग अस्वस्थ भई करङ भाँचिएको अवस्थाको चित्रण गरेका छन् । प्रस्तुत सर्गमा बाबा लडेको सपना देखेको कविले खबर प्राप्त गर्छन् र भेट्न पुग्छन् । उपचार गर्न एक्सरे गर्दा करङमा चोट लागेको र उठाउँदा करङ भाँचिएको उमेरका कारण अप्रेसन गर्न पनि नमिल्ने बताएका छन् । काम्रो बाँधेर बाबाको इच्छाअनुसार गोकर्ण मन्दिरमा अज्ञात भक्तले आश्रम बनाएको घटना उल्लेख छ । बाबा गौराङ्गलाई ज्वाइँ डाक्टर सुरेश थापासमेत सँगै गई देखाएर औषधी छाडेर कवि फर्केका छन् । त्यहाँ बाबा गौराङ्गलाई गरिएको भक्तिभाव र सेवाबाट बाबा प्रफुल्लित भएको कुरा यस सर्गमा वर्णन गरिएको छ ।
सर्ग सातको ‘दक्षिणकाली फर्किन्छु म’ शीर्षकमा कविले पचास श्लोकको सिमाना बनाएका छन् । फर्पिङअर्थात् दक्षिणकाली क्षेत्रमा कविको सरूवा भएको छ । सरूवा भई गएको स्थानमा प्रहरी सेवासँगै आध्यात्मिक र धार्मिक सेवासमेत प्रभावकारी रुपमा गरेका छन् । कविले थानामा कार्यरत रहँदा बाबाको भक्त मुक्ति के.सी. नामका व्यक्तिलाई सहयोगी साधकका रुपमा फेला पारेको देखाइएको छ । उनी दक्षिणकाली क्षेत्रमा साधना गर्थे । दक्षिणकालीकै बाँसबारी क्षेत्रमा भाइटीकाको दिन गहनाका लागि एक महिलाको हत्या हुन्छ । त्यो हत्याको अनुसन्धान गर्न जति प्रयास गरे पनि दुई महिनासम्म सफल भएनन् । तत्पश्चात् बाबाको शरणमा पुगेका कविलाई सपनामा अपराधीहरु यता छन् भनी सङ्केत भयो । दक्षिणकाली माता र बाबाले देखाएको घरमा आठ जना हत्यारामध्ये सातजना लुकी बसेको अवस्थामा प्रहरी अपरेसन चलाएर पव्रmाउ गर्न कवि सफल भएका छन् । अलौकिक शक्तिका कारण समस्यासमाधान गर्न सफल बाबाको चमत्कारी शक्तिको वर्णन छ । विभिन्न मठमन्दिर भएको क्षेत्रमा त्यहाँ हुने जात्राका बारेमा समेत व्याख्या गरिएको छ । विविध सुन्दरता पस्केका कविले सन्त बाबाप्रति श्रद्धा व्यक्त गरेका छन् ।
सर्ग आठ ‘अलौकिक शक्तिले युक्त’ शीर्षकमा कविले चौधओटा श्लोकमा बाबा गौराङ्गको शक्ति र सिद्धिको प्रामाणिकताका लागि केही व्यक्तिको नाम उल्लेख गरेका छन् । गुरू रघुनाथ अर्याल, पं. रामचन्द्र घिमिरे, पं.रामचन्द्र तिम्सिना, प्रधानसेनापति रूक्माङ्गद कटुवाल, जर्नेल डा.पुष्प के.सी.समेतले बाबा गौराङ्गको शक्ति र सामथ्र्यलाई अनुभूत गरेको कुरा उल्लेख गरेका छन् । बाबाको खास ठाउँकारुपमा नक्साल देखाइएको सर्गमा नक्साल काठमाडौँको बगलापुरी र त्यस एरियामा भक्त धेरै भएको र बाबाको अलौकिक शक्तिको महिमा त्यस क्षेत्रमा धेरै गाइने कुरा कविले लेखेका छन् । यस सर्गमा कविले बाबाप्रति श्रद्धाञ्जलिसहित शक्तिमहिमा गाएका छन् ।
यसरी उनले आफू एउटा प्रहरी कर्मचारी हुँदाहुँदै अध्यात्मप्रतिको झुकाव र बाबाको आशीर्वादले हरेकपटक सेवामा सफल रहेको तथ्य उजागर गरेका छन् ।
खण्डकाव्यकार सिग्देलले बाबाको अन्तिम अवस्थालाई ‘महाप्रस्थान’ शीर्षकमासर्ग नौमावर्णन गरेका छन् । प्रस्तुत शीर्षकमा कविले उन्नाइसओटा श्लोकको संरचना निर्माण गरेका छन् । २०७५ सालमा बाबा गौराङ्ग समाधिमग्न भएको कुरा गौरी मासिक पत्रिकाका सम्पादक अर्जुन लामिछानेले कविलाई फोनमार्फत जानकारी गराएपछि कवि आफै स्थलगत रुपमा पुगेको कुरा बताएका छन् । एकजना सहयोगी प्रहरीका साथमा अघिल्लो दिन पुगेका बाबाले एकरात बसेर वटुकलाई गीता र वेद पाठ गर्न लगाएपश्चात् बाबा समाधिमा लीन भएको बताएका छन् । तेजिलो मुहार, हेर्दा मृतजस्तो नदेखिने बाबाको अन्त्येष्टि वैदिक परम्पराअनुसार गरिएको उल्लेख छ ।
यसरी एउटा सन्त महात्माको जीवनको उत्तराद्र्धको समयलाई घटनाव्रmम बनाएर कविले आध्यात्मिक ग्रन्थ प्रस्तुत गरेका छन् । विविध नामका भगवान्, देवालय, मन्दिर, मस्जिद आदि जहाँ पनि एउटै परमात्मा भगवान्को उपस्थिति हुन्छ अनेकतामा एक अन्तसम्म भन्ने मूल भाव गौराङ्ग खण्डकाव्यमा प्रस्तुत भएको छ ।
निष्कर्षमा, हरिभक्तसिग्देल ‘महेश’ आध्यात्मिक अध्येता, साहित्यकार, प्रशासक, मानवताप्रेमी, प्रकृतिप्रेमी, सनातनवादी लेखक, खण्डकाव्यकार र कवि हुन् । उनका थुप्रै धार्मिक पुस्तक प्रकाशित छन् । हालसम्म लेखिएका खण्डकाव्यको अध्ययन गर्दा विविध क्षेत्र ओगटेको पाइन्छ । तथापि एउटा सन्तपुरूष, आध्यात्मिक व्यक्ति, जोगीको जीवनका बारेमा अहिलेसम्म लेखिएको छैन । त्यसैले उनको यो कृतिको बेग्लै महङ्खव र गरिमा छ ।
नौ सर्गको यस खण्डकाव्यमा कविले खण्डकाव्यका तङ्खवलाई समावेश गरेका छन् । मङ्गलाचरण, सर्ग विभाजन, छन्दको प्रयोग, नायकको स्थापना, जीवनको एक भाग हो । वर्णनमा जस्ता कुरा समेटिए पनि पूर्ण परिपक्वता भने भेटिँदैन । सर्ग विभाजनमा समानता भेटिँदैन । छन्द प्रयोगमा परिपक्वता पाइँदैन । कतै कतै छन्द र छन्दको महिमा भङ्ग भएको छ । धेरैजसो बाबा गौराङ्गको वर्णन गरे पनि आफ्नो जीवनी, जागिर अवस्था र व्यवसायको कुरा समेत उल्लेख गरिएको छ ।
यति हुँदाहुँदै पनि अहिलेसम्म नलेखिएको विषयमा लेख्न कविको अध्यात्मप्रतिको झुकाव मात्र नभई विषय छनोटमा समेत उत्कृष्टता हासिल गरेका छन् । यही धार्मिक आस्था र विश्वासको प्रतीक गौराङ्ग खण्डकाव्य हो । शरीर नाशवान् छ तर आत्मा अविनाशी छ । यस कुरालाई गौराङ्ग खण्डकाव्यबाट कवि सिग्देलले स्थापित गर्न खोजेका छन् ।
यसरी साहित्यको महङ्खवपूर्ण र चर्चित विधा खण्डकाव्यमा आफ्नो अनुराग,श्रद्धा र भक्तिभावलाई एउटा महात्मा युगपुरूषस्वरुप गौराङ्ग बाबालाई प्रस्तुत गर्नु कवि सिग्देलको अतुलनीय योगदान मान्न सकिन्छ । यस खण्डकाव्यमार्फत कविले मोक्षको बाटो देखाउने प्रयास गरेका छन् । खण्डकाव्यलाई धर्म, भक्ति, ज्ञान र मुक्तिका लागि सन्त पुरूषको खोजीमा देवालय, गुफा, कन्दरा आदि धाउँदा पनि प्राप्त गर्न नसकेका जिज्ञासुमा समर्पित गरेको कविको रचना चिरकालसम्म जीवन्त रहने कुरामा विश्वास गर्न सकिन्छ ।
कवि सिग्देलद्वारा लिखित खण्डकाव्यमा व्यक्तिगत जीवनका घटनाव्रmमलाई कम गरेर गौराङ्ग बाबाकै मात्र वर्णन गरी आफूलाई द्रष्टा मात्र गराएको भए खण्डकाव्य अति उत्कृष्ट हुने थियो । छन्दमा भएको सामान्य त्रुटि हटाई गौराङ्ग बाबाकै महिमा कथानकलाई बाँध्नुपर्नेमा कथानक अलिक खुकुलो भए पनि धार्मिक सन्त पुरूषलाई नायक बनाएर आध्यात्मिक तपस्वीको जीवनलाई साहित्यमा उतार्नु कविको विषय छनोटको विशिष्टता हो । समग्रमा कविको योगदान, आध्यात्मिक श्रद्धा र साहित्यमा प्रकृतिचित्रणका दृष्टिले खण्डकाव्य उत्कृष्ट छ भन्न हिच्किचाउनुपर्दैन । खण्डकाव्यमा सामान्य त्रुटि रहे पनि विधागत तङ्खव, विशेषता र भाव आदिको उचित समायोजन छ । यसले गर्दा खण्डकाव्य उत्कृष्ट छ । पाठकको कुतूहलता निवारणमासफलता प्राप्त खण्डकाव्यनौलो र उत्कृष्ट छ । कवि आध्यात्मिक अध्येता, अनुसन्धाता र प्रकृतिका पुजारी हुन् ।
खण्डकाव्यकार सिग्देल भक्तिसाधनामा जीवन अर्पण गरी स्वधर्म सनातनप्रतिको आस्थावान् सन्त पुरूषको जीवन र कर्म महिमाबाट प्रभावित भएर मात्र नभई आफू पनि स्वधर्ममा लीन धार्मिक अध्येता हुन् । कविमन उद्वेलित भई छहराझँै पोखिएको छ । उनीभित्र करूणा, विश्वास, आस्था र स्वयम् परमात्माको इच्छाले शक्ति प्राप्त छ । जसरी धर्तीको उबडखाबडबाट डाँडापाखा देखिन्छ त्यसरी नै सतही चेतले धर्ममा भेद देखिन्छ । यदि गहिरो अध्ययन र आस्था भयो भने सबै धर्मको उद्देश्य मानवहित हो । यसैले सबै आकार, प्रकार, नाम, स्थान र देवालयमा प्राप्त हुने आस्थाबाट एउटै महात्मा–परमात्मा प्राप्त हुने कुरामा कवि विश्वस्त छन् ।

Facebook Comments Box

Similar Posts