मुकुन्द पोखरेल
यो ‘बनफूल’ महेश अमात्यको गीतकविता सङग्रह हो।बनफूल अर्थात् बनमा फुलेका सबै फूल फक्रने , फुल्ने अनि बनमै ओइलाउँदै झर्ने मात्र हुँदैनन्।सौन्दर्यमय सुवासमय बनफूल त घाँस–स्याउला, दाउरा–काठ लिन जाने, बनभोजमा जाने मानिसले ल्याएर आफ्नै गमला र बगैँचामा सजाउने पनि गर्छन्।
त्यस्तै सजाउने खालको बनफूल रहेछ यो।यसमा फक्रदै फुलेका फूल यस्ता छन्: गीत स्वर्ग कर्मभूमिसँगको तुलना, गाउँमा तुवाँलो विसङ्गतिको सङ्केत, संसार धर्मशाला तुल्य, त्यो जाने को हो ? जानकारीको भाव, बिछोडमा पनि हाँस्न सक्नुुको औचित्य, मायाले तान्ने अनुभूतिजस्ता त्रिसट्ठीओटाछन्।शीर्षकविनाका छब्बिस तीनलोकगीतसमेत छन्।
कविता: केही भन्न समय ढिला, उसका लागि म हाँसिरहेँ, आफू चिन्नु सत्यताको उद्घाटन, मान्छेको विपरीत लिङ्गप्रतिको आकर्षण, देशप्रतिको परिभाषा, डम्फु मनमनकै, स्वाभिमान नै सुन्दर पक्षमा, अभिनय सबै राम्रा हुँदैनन् जस्ता चौँसट्ठीओटाछन् यिनमा शीर्षकविनाका एघार रछोटा तेइसओटा छन् ।
त्यसैगरी मुक्तक चार र ‘सपना’ शीर्षकको लघुकथा एक छ।व्यङग्य नाटक: ‘सुखको खोजमा’–एक नाम र पाँच प्रश्न मात्र छन्, नाटक छैन।यिनका गीतहरुलाई हेर्दा ‘कर्म भूमि स्वर्ग…. ।’ दीपककृष्ण श्रेष्ठको सङ्गीत, लक्ष्मीकृष्ण श्रेष्ठ, भागवत श्रेष्ठ र महेश अमात्यकै सामूहिक स्वरमा, रेडियो नेपालमा २०३३ मा अभिलेखाङ्कन गरिएको रहेछ। त्यस्तै ‘गाउँलाई ढाक्यो …, तुवाँलोले ढाकेको बस्ती’ अशेष मल्लको नाटकको शीर्षगीत पनि अभिलेखीकरण भएकै हो।
चन्द्रबहादुर एवम् मथुरादेवी अमात्यका कोखबाट, महेशले धनकुटाको माटो स्पर्श गर्दै, चुम्बन गरेका २००७ वैशाख १९ को दिन थियो त्यो।यिनका अन्य गीतहरु यसरी गाउँदै आएका छन्:
‘मुटुको रगत पठाउँला
सिन्दुर पोते भनेर’ (मायालु तिम्रो)
गीतकारले माया–प्रेम भन्ने कुरा कति प्रिय हुन्छ भनेकाछन् यहाँ।
त्यस्तै ‘मैले जति हाँसेँ
जुन रहरमा बाँचें
त्यो नै मृत्यु रहेछ।’ (अवस्था)
हाँस्नु, बाँच्नु र रहर त जीवनमा हुन्छ। तर, जेजति गरे पनि अन्तिम सत्य मृत्यु नै रहेछ भन्ने अनुभूति रचनाकारले गरेका छन्।
यिनका कविताले भन्दै आएका छन्-
‘कर्म नै जीवन –र
मृत्यु बन्ने रहेछ।’ (कर्म)
यहाँ कर्ममा नै जीवन हुन्छ, राम्रो कर्मगरे जीवनपछि पनि केही बाँचिन्छ। नराम्रो कर्मले जीवन छँदै मृत्युवरण गराउँछ÷मृत्यु बाँच्नुपर्छ भनेका छन् कविले।
मानिस त सुख खोज्छतरस्वतन्त्रताविनाको सुखको सार हुँदैन। त्यसैले कविले भनेकाछन् ‘म आफ्नो स्वतन्त्रतामा
नै सुख पाउँछु।’ (शीर्षकविनाका छोटा कविताहरु)
अमात्यका गीत, कवितालाई नियाल्दा प्रकृति–पर्यावरण, माया–प्रेम, धोका र विछोड मात्र छैनन्,देशप्रेम, मानवता, सङ्घर्ष, मृत्युप्रति निकटवर्ती दृष्टि, राष्ट्रियताप्रतिको अनुराग एवम् जीवनजगत्छन्।लोकतान्त्रिक भावना, समसामयिक विसङ्गतिप्रतिको व्यङ्ग्य रविद्रोह पनि नभएका होइनन्।सरल भाषाशैली, सरसता, कोमलतामा काव्य चेतना झल्काउँदै आएका केही कालजयी गीत छन्।त्यस्तै अधिकांश कविता राम्रा छन्।
मलाई लाग्छ स्वरविना गीत हुुँदैन, गायक बन्दैन।विषयवस्तु÷भावविना कविता हुँदैन। भाषाशैली र प्रस्तुति त्यसपछिका हुन्। यसबाट यी गीतकार एवम् कवि त हुँदै हुन्।
‘सपना’ लघुकथा र मुक्तकमा पनि यिनको छनक पाइन्छ। मुक्तक चार पङ्क्तिमा लेखिँदै आएको सामयिक धारा हो। यहाँ एउटा छ पङ्क्तिमा लेखिएको छ।त्यस्तै व्यङ्ग्य नाटक ‘सुखको खोज’मा पाँचओटा प्रश्न छन्, नाटक छैन। यसबाट महेश अमात्य नाटक लेखनतिर पनि आकर्षित थिए कि ? भन्न सकिन्छ। नाट्यकलाकार यिनको अभिनयकला जीवन्त भएको साहित्यकार/नाटककार अशेष मल्लकै शब्दमा ‘कुक्कु मेरी मायालु त्यो बेला धनकुटामा अत्यधिक चर्चित गीत थियो। त्यो गीत रेडियो नेपालमा रेर्कड भएको भए मुलुकभरि चर्चित हुने थियो।’ त्यस्तै मल्लकै नाटक ‘तुवाँलोले ढाकेको बस्ती प्रज्ञा भवनमा समेत महिना दिन सफलतापूर्वक मञ्चन भएको नाटक थियोजसमा जीवन्त अभिनय महेश र महिला पात्रमा शारदा श्रेष्ठको थियो।त्यस नाटकमा गीत लेखन महेशकै थियो ‘गाउँलाई ढाक्यो बस्तीलाई ढाक्यो देख्दै छौ…।’कालजयी गीत थियो।यसबाट पनि महेशको गीत रचना एवम् अभिनयको सुन्दर झलक पाउन सकिन्छ।
जीवन कस्तो छ ? कहिले कहाँ पुगिन्छ ? भन्न सकिँदैन। जीवनयात्रा क्रममा अमात्य अमेरिका पुगेछन्।समय बित्दै जाँदा विश्वयात्री बनेको कोरोनाले, यिनलाई पनि छोडेनछ। २०७७वैशाख ४ गतेका दिन यिनी दिवङ्गत भएछन्। गीत–
‘भरोसा के छ र जिन्दगीको,
आज यहाँ भोलि कहाँ’
जस्तो लेखे उस्तै भएछ महेशको जिन्दगी।समय र भोगाइका अनुभूति सँगालिएको, महेशको यो पहिलो कृति हो।यसमा केही हिन्दी भाषाका शब्द परेका छन्।यस सङ्ग्रहमा सङ्गृहीत सबै कवितामा शीर्षक राखिएको भए बेस हुन्थ्यो कि ?यो केवल प्रस्ताव हो । उनी छैनन् । उनी नहुँदा उनको सङ्ग्रह सङ्गृहीत भई प्रकाशित भएकोले सङ्कलक, सम्पादक र प्रकाशकका लागि यो सुझाव । ‘मड्की मड्की’ गीतमा ‘मस्की मस्की’ भएछ।आउँदो संस्करणमा सच्याउनु राम्रो हुने छ। एकदुई ठाउँमा भाषागत त्रुटि परिमार्जन गर्नुपर्ने देखिन्छ।अहिलेसम्म पूर्णता त न मानिस न वस्तुमा भेटिएको छ।
महेश अमात्यप्रति फूलका बिम्बमा श्रद्धा सुमनका दुई शब्द !