रामदयाल राकेश
कोरोना पीडितको उपचारका लागि प्रदेश सरकारले पाँचओटा भेन्टिलेटर दिएकोमा पाँचैओटा काम नलाग्ने भइसकेको स्थितिमा प्रदेश सरकारले दुईओटा भेन्टिलेटर किनेर दिनु सरकारको गरिब मानसिकताको टड्कारो उदाहरण थियो । एउटा प्रादेशिक सरकारले जनताको उपचारका लागि दुईओटा भेन्टिलेटर उपलब्ध गराउनु कतिको लज्जास्पद स्थिति हो । कोरोना पोजेटिभ भएको कोरोना आव्रmान्त बिरामीका लागि छिमेकी मुलुकबाट इन्जेक्सन मगाउनुपर्ने स्थितिलाई संवेदनशील मानिसले के भने होलान् । यसको चिन्ता न सङ्घीय सरकारलाई थियो न प्रदेश सरकारलाई । यस्तो स्थितिमा सर्वसाधारण भाग्यभरोसे जिउन अभिसप्त थिए । प्राथमिक उपचारको सुविधासमेत नभएको स्थितिलाई कतिको व्यावहारिक भन्न सकिन्छ । प्रदेश सरकारले एउटा स्तरीय अस्पताल बनाउन नसकेको स्थिति विद्यमान थियो । तीन साल पूरा बितिसकेको थियो तर सरकारले यसतर्फ ध्यान दिन नसकेको स्थिति थियो । प्रत्येक प्रदेश सरकारले सर्वसुविधासम्पन्न एउटा अस्पतालको निर्माण गर्न नसक्नु जघन्य अपराध थियो । पोहोरको अनुभवबाट पनि यी सरकारहरुले केही नसिकेको स्थिति थियो । जनता मरून् कि बाँचुन् ! न सङ्घीय सरकार न प्रादेशिक सरकारलाई मतलब थियो । यस्तो पनि सरकार हुन्छ? यिनीहरुलाई एउटै कुराको हेक्का छ कि यिनीहरु कोरोनाबाट आव्रmान्त भएपछि हेलिकप्टरबाट आएर काठमाडौँमै उपचार गराउन । मानवीय संवेदनाको लेस मात्र पनि मतलब छैन यिनीहरुलाई ।
प्रसिद्ध कवयित्री वानिरा गिरीका शब्दमा महिलाका मानव अधिकारको मर्म पनि यिनीहरुलाई अलिकता पनि थाहा छैन ः
कानमायाको मानवाधिकार
तिनै चोला र पेटिकोटबाट उदाउँछ
तिनै मोटा, पेटेभोटो र कानेटोपीहरुमा झुल्कन्छ
मान्छे र मान्छे नै मात्रको इन्द्रेणीमा रङ्गिन्छ ।
तत्कालीन प्रधानमन्त्रीले सत्तासङ्घर्ष र कुर्सीको लडाइँमा तथा सत्तालिप्सामा सबै देशवासीलाई हैरान परेसान गरेर कोरोना पीडितको करूण व्रmन्दनलाई पनि नसुनेर मानवताका विरूद्धमा जघन्य अपराध गरिरहेका थिए । देशभरिमा शय्याको अभावमा सयकडौँ मानिस मृत्युको मुखमा बाध्य भएर गइराखेका थिए । सिर्फ उनलाई आफ्नो सत्ता कसरी जोगाउने त्यसकोमात्रचिन्ताथियो।
समाचार जगत्मा कोरोना कहरको कथा दिनहुँ कथिन्थ्यो । संवेदनशील मानिसले समाचारपत्र मात्र होइन हरेक विद्युतीय सञ्चार माध्यमबाट यिनीहरुको कारूणिक दृश्य प्रदर्शित भइराखेको देखेको थियो तर पनि सरकार चैनको बाँसुरी बजाइरहेको थियो । रोम जलिरहेको थियो तर निरो बाँसुरी बजाइराखेका थिए, रमाइलो गरिरहेका थिए, नेपालमा पनि कोरोना कहर स्वयम् नियन्त्रित भइराखेको थियो तर प्रधानमन्त्रीको बेसुरा तालमा देशभरिका जनता दुःख भोगिराखेका थिए । खोपको पहिलो डोज लिने ज्येष्ठ नागरिकहरु अर्को डोज लिने पर्खाइमा परेसान भइराखेका थिए तर प्रधानमन्त्रीसहित अन्य मन्त्रीहरु दोस्रो खोप लिएर निश्चिन्त भइराखेका थिए । छिमेकी राष्ट्र भारतमा आफै खोपको अभाव थियो । त्यहाँबाट सेरम इन्स्टिच्युटले नेपाललाई हामी खोप दिनमा असमर्थ छौँ किनभने भारतमा नै खोपको खपत अत्यधिक मात्रामा बढिरहेको छ भनेको थियो । विरोधी दलले पनि विदेशमा खोप निर्यात नगर्न चेतावनी दिइरहेको थियो । आम जनता पनि यसको विरोध गरिरहेका थिए । यस्तो स्थितिमा खोप कहाँबाट आउने हो ? सरकारलाई मतलब थिएन । स्वयम् स्वास्थ्य मन्त्रीले एउटा अन्तर्वार्तामा भनेका थिए, फागुन मैन्हा मेरा लागि भाग्यमानी मैन्हा साबित भइराखेको छ तर फागुन बितेपछि हामी वैशाख मैन्हामा जिउनका लागि बाध्य थियौँ तर खोपको खोजखबर लिने कोही थिएनन् । कहिलेकाहीँ त यस्तो लाग्थ्यो, यस देशमा सरकार नै छैन । सर्वसाधारण निराश र हतास मनस्थितिमा दिनानुदिन पुग्दै गइराखेका थिए । मानसिक रोगको सिकार भइराखेका थिए । खाद्यान्न र तरकारीको भाउ बढिराखेको थियो । कालीमाटी तरकारी बजारले साना व्यापारीलाई तरकारी नदिएपछि सर्वसाधारण महँगो र उच्च दरमा तरकारी किनेर खान बाध्य थिए । सस्तो तरकारी किन्ने तरखरमा सर्वसाधारण तरकारीबजारको भिडमा जान तम्तयार भएर खतरा मोल्ने काम गरिराखेको पाउँथ्यौँ तर यिनीहरुलाई केही कुरोको खाँचो भएको महसुस भइराखेको थिएन ।
परोपकारी र मनकारी मानिसले खाते, किनारीकृत र सीमान्तकृत मानिसलाई मुफ्त खाना खुवाइराखेका थिए । यस्तैमा पर्थिन्, कैदीबन्दीका सन्तानलाई आश्रय दिने बन्दी सहायता गृह चलाइरहेकी इन्दिरा मगर । हरेक दिन २ बजे एउटा ट्याक्सी र एउटा सानो ट्रकभरि खानाको प्याकेट बोकेर धाइरहेकी हुन्थिन् । लकडाउनको पहिलो सातातिर दुईतीन सयलाई खाना खुवाए पुग्थ्यो तर पछि पछि त्यो सङ्ख्या बढेर एक हजार नाघिसकेको थियो । त्यति बेला ज्यालामजदुरी गर्नेहरु पनि खानेकुरा खोज्दै सडकमा निस्किन थालिसकेका थिए । दिउँसो थापाथलीको प्रसूतिगृहपछाडिको चउरमा खाना बाँडेर इन्दिरा दरबारमार्ग, ठमेल, ठहिठी र बालाजुसम्म पुग्थिन् । उनी बेसहारालाई खाना खुवाउँदै हिँड्थिन् ।
गत लकडाउनमा काठमाडौँ महानगरपालिकाले ७६ औँ महानगर दिवसका अवसरमा सडक मानवमुक्त बनाउने तीनमहिने अभियान सुरू गरेको थियो । लकडाउन लम्बिँदै जाँदा सडकमा खानाको खोजीमा निस्किनेहरुको सङ्ख्या दिनहुँ बढ्दै थियो । तत्कालीन सरकारले सडक मानवमुक्त घोषणा गरेर यस्तो पावन अभियानलाई अवरूद्ध गरिदिएको थियो । आफ्ना कार्यकर्तालाई पठाएर हप्कीदप्की पनि दिन सुरू गरेका थिए । मानिसलाई खानको समस्याले पिरोलिराखेको थियो । उता उनीहरुलाई सडक फोहोरा होला भन्ने चिन्ता थियो । यस्तो मानवता विरोधी व्रिmयाकलापमा सरकारी संलग्नता थियो । यसलाई के भन्ने ?
पछिल्लो लकडाउनमा एउटा अनौठो दृश्य देखा प¥यो । एउटी मनकारी मधेसी महिला अंशु यादव र उनको समूहले निःशुल्क भोजन उपलब्ध गराएर काठमाडौँका विभिन्न ठाउँमा दुई छाक खाना खुवाइन् । यो समूहले दैनिक करिब चार सय भोका पेटलाई खाना बाँडिरहेको थियो । साँझ ढल्केपछि विभिन्न पाटी, मन्दिर र पुलमुनि बस्नेलाई खोजी खोजी निःशुल्क खाना बाँड्थ्यो । त्यस समूहलाई के महसुस हुन थाल्यो भने जसरी कोरोना सङ्व्रmमितको सङ्ख्या बढिराखेको थियो त्यसै गरी भोका पेटहरुको सङ्ख्या पनि दिनदिनै बढिराखेको थियो ।
क्रमश….