डा. निर्मलादेवी

अस्ट्रेलियाका अध्ययनपिपासु, तीक्ष्ण मेधावान्, बहुमुखी प्रतिभाका धनी, वाक्पटु, विज्ञानी तथा लेखक आलेक्स बोजभस्की भाषण गर्नपोडियमतर्फ बढे । मञ्चको एक छेउको टेबुलमाथि गोजीबाट दुइटा ओखरका दाना निकालेर राखे । दर्शक आलेक्सको भाषण सुन्न उत्सुक भई चुपचाप छन् । अगाडि बसेका शिक्षार्थी, विज्ञानी रदर्शकलाई उद्देश्य गरेर उनले भने, ‘हजुरहरु कसैले यो ओखरको दाना कुनै औजारको उपयोग नगरी केवल हातका हत्केला र औँलाले फोरेर खान सक्नुहुन्छ ?’
दर्शक सबै चुप लागिरहे । केवल उत्कण्ठित भएर अब उनले के भन्छन् भनेर पर्खिरहे । के बुझाउन खोजेका होलान् उनले ? पहिलो वाक्यलेनै आलेक्सले सभाकक्षका सबै दर्शकको दृष्टि आकर्षण गरे । एकजना स्मार्ट युवा शिक्षार्थीले त सोधिनैहाले, ‘हजुर सक्नुहुन्छ ? सक्नुहुन्छ भने एकपल्ट देखाउनुस् न ।’
मुन्टो हल्लाएर उनले केवल दुई औँलाको उपयोगले केही प्रयास गरेर ओखर फोरेर देखाएपछि सभाकक्षमा गड्गडाएर हातथपडी बज्यो । तालीको गड्गडाहट थामिएपछि अर्का एकजना युवा प्रतिभाले उत्सुकताले सोधे, ‘कसरी फोर्नुभो ? हामीलाई पनि सिकाउनुस् न ।’
ती युवकलाई ओखरको एकचोइटो खान दिएर उनले भने, ‘यो लामो समयको अनुशीलनको फल हो, प्रेक्टिसको फल हो । मेरा जिबा यसमा साह्रै सिपालु हुनुहुन्थ्यो । बाबाले पनि यसमा निपुणता हासिल गर्नुभएको थियो । म पनि केवल दुइटा मात्र औँलाले ओखर फोर्न सकिन्छ भन्ने कुरामा निश्चित भएको थिएँ अनि बिस्तारबिस्तारै अभ्यास गरेर मैलेपनि यो कला सिकेँ ।’
आलेक्स बोजभस्कीको वक्तव्यको सारांश मोटामोटीमा यस्तो थियो, ‘पहिलो, कुनै पनि काम सम्भव छ भनेर आफूलाई भरोसा छ भने त्यो काम कहिल्यै असम्भव हुँदैन । दोस्रो, कुनै काममा सिपालु भएर त्यसलाई सजिलो बनाउन चाहिन्छ लामो समयको निरन्तर अनुशीलन (स्वअनुशीलन अथवा अन्य कसैको सहयोगले गरेको अनुशीलन) । तेस्रो, यी दुवैथोकको प्राप्तिपछि तपाईंअरुका नजरमा अविश्वसनीय प्रतिभावान् हुनुहुने छ अथवा तपाईंका हात जन्मजात वा ईश्वरप्रदत्त निपुण हात हुने छन् । निकैओटाअन्तर्राष्ट्रिय पेटेन्टका आविष्कारक तथा सन् २०१८ मा पहिला प्रकाशन भएको र अहिले अन्तर्राष्ट्रिय ‘बेस्ट सेलर’ Innoaphorisms– A spark each day– Empower Innovation नामक ग्रन्थका लेखक आलेक्स बोजभस्कीले भियतनाममा अनुष्ठित भएको एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा भनेका कुराको सार हो यो । अत्यन्त उत्सुकताले उहाँको यो पुस्तक पढ्न पर्खिरहेकी थिएँ । अन्तमा भियतनाममै वचन दिएअनुसार उहाँले मलाई यो पुस्तक पठाइदिनुभो । पुस्तकका हरेक पृष्ठले सोचको उद्रेक गराउँछन् । यो स्वकीय तथा अनन्य ग्रन्थ आलेक्सले आफै अङ्कण गरेका चित्रले परिपूर्ण छ । उद्भावन (innovation) जस्तो एक गहन शब्द उनका हातमा परेर कविताको पङ्क्तिजस्तै कोमल भावमा एक विनोदी काव्यरुपमा परिवर्तन भएको छ ।
सन् २००१ । पढ्ने तीव्र अभिलाषाले निवेदन गरेर इङ्ल्यान्डमा पढ्नका लागि युरोपीय छात्रवृत्ति पाएर सारै खुसी भएका थिए उनी । केवल भिसा पाउनु छ । भिसाका लागि दरखास्त ग¥यौँ । साथीभाइ र इष्टमित्र सबैले अब छिट्टै आलेक्स उच्चशिक्षाका लागि इङ्ल्यान्ड जाँदैछन् भन्ने थाहा पाए । दृढआत्मविश्वासले दिनभरिजसो लामो ताँतीमा उभिएर भिसाको साक्षात्कार दिने काम पनि पूरा भयो तर दैवले साथ दिएन । भिसा नामन्जुर भयो । कसरी सबका अगाडि मुख देखाउनु अब । साथीभाइ, इष्टमित्र, आफन्त कसैका अगाडि मुख देखाउन अब साह्रो प¥यो आलेक्सलाई । उनीहरुलाई थाहा नदिएको भएनै राम्रो हुन्थ्यो बरू ।
तर आलेक्स त्यति सजिलै हरेस खाने मान्छे थिएनन् । प्रचुर आत्मविश्वासले उनले फेरि निवेदन गरे तर दुःखलाग्ने गरी यसपालि पनि उनको भिसा नामन्जुर भयो । प्रचण्ड ग्लानिले उनको मनलाई पिरोल्नथाल्यो । आफ्नु देशमा बस्नुनै सायद उनका लागि उचित हो भन्ने सोच मनमा आउन थाल्यो । सायद देशभक्त भएरै जन्मिएका थिए उनी, गल्तीले भुल बाटोमा हिँड्न पुगे । सारा पृथ्वीले मानौँ उनकाविरूद्धमा खेल खेलिरहेको थियो तर आलेक्सलाई उनले भिसा नपाउने कुनै युक्ति हुन सक्तैन भन्ने अन्तःकरणमा विश्वास थियो । भिसा उनले पाउनैपर्छ । यही सोचेर उनले आफ्ना पहिलेका भिसा साक्षात्कारको समीक्षा गर्न थाले । नियालेर विचार गर्दैजाँदा अचानक उनलाई लाग्यो, यद्यपि उनी सधैँ बिबिसीका खबर सुन्थे, रेडियोमा अङ्ग्र्रेजी भाषाका समाचार सुन्थे, निकैओटा अङ्ग्र्रेजी पत्रिका पढ्थे तरपनि उनले बोलेको अङ्ग्र्रेजीचैँ सारै दयनीय थियो अनि त्यही कारणले गर्दा उनको भिसा साक्षात्कार पनि निम्न मानको भएको हो । यसरी कुराहरु केलाएर हेरेपछि आलेक्स सचेत भए, अब कसरी अङ्ग्र्रेजी बोल्नमा दक्षता ल्याउने ।
दोस्रोपल्ट भिसा नामन्जुर हुँदासम्म उनले यस कामका लागि साँचेर राखेको धन लगभग सिद्धिसकेको थियो । रेल स्टेसनको एउटा कुनामा चुपचाप बसेर, अकासपत्ताल सोचेर पार नपाएका बेला भोकले गोजीमा केही खानेकुरा छ कि भनेर छामीहेर्दा ओवरकोटको जेपमा एउटा ओखरको दाना फेलापारे । त्यो ओखर फोरेर खान भनी हातमा लिएर चेष्टा गर्दैगर्दा उनलाई सानोछँदा उनका बाबाले भनेको ओखर फोर्ने उपाय एकएक गरी मनमा आउन थाले । ती उपायमा पहिलो उपाय थियो, फोर्नकालागि आफ्नु हातको अनुशीलन । यसका लागिजरूरत थियो दीर्घदिनको प्रयासको, निजी कसरतको । फोर्ने दोस्रो उपाय थियो, फोर्न सहायता गर्नसक्ने कसैको सहायता लिनु । बाबाले भनेको दोस्रो उपायले आलेक्सका मनमा मानौँ एउटा सङ्केत प्रेरणा गर्यो । सही कौशल आर्जन गर्नसके कस्तैपनि कठिन ओखर फोर्न सजिलो छ, अनि नसके योग्य व्यक्तिको सहायता लिनु उचित हुन्छ, ‘यस भावले मनमा व्रिmया गर्नासाथ आलेक्सले विगतमा भएका आफ्ना साक्षात्कारमा सोधिएका प्रत्येक प्रश्न सम्झेर एउटा कापीमा उतारे । उत्तरहरु उनलाई राम्ररी थाहा थियो । उनले एकेक गरीउत्तर लेखे । रातभरि उनलाई निद्रा लागेन । आफूले लेखेका प्रश्नउत्तरका पृष्ठहरु बोकेर आलेक्स बिहानै केही परको ब्रिटिस लाइब्रेरी भवनअगाडि गएर उभिए । नौ बजी लाइब्रेरी खोल्नासाथ त्यहाँका कर्मचारीलाई भेटेर उनका पृष्ठहरु सारो सारो गरी पढिदिन अनुरोध गरे । जसोतसो एकजना कर्मचारी त्यसरी पढिदिन राजी भए । उनले पढेको बोली आलेक्सले रेकर्ड गरेर राखे । घर फर्केर रेकर्ड गरेको बोली पटकपटक सुन्न थाले अनि ती मान्छेले बोलेको ढाँचामै आफूपनि बोल्ने अभ्यास गर्न थाले । यसरी दुईहप्तासम्म अभ्यास गरेपछि आलेक्स तेस्रोपल्ट भिसाको साक्षात्कार दिन भनीदूतावासमा उपस्थित भए । आलेक्सलाई छक्क पारेर यसपालि साक्षात्कार लिने व्यक्तिले उनको अङ्ग्र्रेजी बोलाइको दक्षता र ‘फ्लुयन्सी’को भूयसी प्रशंसा गरे । अन्तमा आलेक्स सफल भए, ‘उनको भिसा मन्जुर भयो।
आत्म–उत्कर्ष(self improvement) को निरन्तर साधनाले आलेक्सले कसरी बिस्तारबिस्तारै आफ्नु दक्षता र व्यक्तित्व निर्माण गरे – यो त्यसको एउटा सानो उदाहरण हो । यो काम उनले बुद्धिमत्ताले गरेका छन्, आफ्नो व्यर्थताको कारण खोजेर, त्यसलाई चिह्नित गरेर गरेका छन् । कम समयमा धेरै पढ्न र जान्नका लागि पढ्ने गति बढाउन उनी अहिले पनि हरेक दिन अभ्यास गर्छन् । मूलतः विज्ञानको साधनामा संलग्न आलेक्सको ज्ञानको साधना बहुमुखी तथा व्यापक छ । विश्वका निकैओटा पुस्तक उनले पढेर सिद्ध्याएका छन् । उनले पढेका पुस्तकको तालिकामा भागवत र उपनिषद् पनि छन् । विज्ञानप्रविधिको शोधकार्य तथा गहन चर्चाका बिचमा यति धेरै जीवन, धर्म, कलासंस्कृतिका पुस्तक पढ्ने समय कसरी निकाल्नुहुन्छ ? भनेर सोधेकी थिएँ । उनको उत्तर थियो, जीवनकालमै आफूले पढ्न चाहेका सबै पुस्तक पढ्न सकियोस् भनेर आफ्नु पढ्ने गति बढाउन उनी दिनहुँ विभिन्न कौशलको प्रयोग र कठोर अनुशीलन गर्छन् । उनले जान्न दिएअनुसार मानिसको पढ्ने सामान्य गतिभन्दा तीनगुणा बढी गतिमा उनी पढ्न सक्छन् ।
कहिलेकाहीँ दक्षता र सफलता आर्जन गर्न अध्यवसायका साथै अन्य कसैको सहायता जरूरी हुन्छ । जीवनको यात्रापथमा अरुको सहायताको महङ्खवपूर्ण भूमिका हुन्छ ।पितामाता, परिवारका सदस्य, शिक्षागुरू, समाजका बुज्रुकका साथै विशेष क्षेत्रमा व्युत्पन्न व्यक्तिको सहायताको पनि जरूरत पर्छ । एउटा सत्य के हो भने यदि सही व्यक्तिलाई सही तरिकाले प्रश्न गर्न, उनको मदत लिन र उनीप्रति आभार प्रकट गर्न जानियो भने कस्तैपनि समस्याको समाधान प्रस्ट भएर निस्किन्छ ।
कहिलेकाहीँ सर्वोत्तम(optimum) वा त्रुटिरहित समाधानका लागि एकाधिक व्यक्तिको जरूरत हुन्छ; एउटा टोली(team)को सहयोगको प्रयोजन हुन्छ । यस्ता व्यक्ति मानिसको जीवनका ‘उत्प्रेरक’ (catalyst) हुन् । रसायन विज्ञानमा उत्प्रेरक(catalyst)ले प्रतिक्रिया (reaction)को सक्रियकरण शक्ति (activation energy) ह्रास गरेर कम ऊर्जाले सजिलै प्रतिव्रिmया सम्पादन गर्नसकिने पार्दछ । उल्लेखनीय कुरा के छ भने प्रतिव्रिmया सम्पादन भएपश्चात् पनि आफूचाहिँ अपरिवर्तित रहन्छ । मानिसको जीवनमा पनि उत्प्रेरकहरुले आफ्नु विस्मयकर प्रभावले सहयोग गर्न सक्छन् । उनीहरुको अदृश्य शक्तिले हाम्रो जीवन तथा हाम्रो सफलता सजिलो पारिदिन्छन् । अध्यवसायले जीवनलाई सफल तुल्याउन चाहने व्यक्तिहरुआफ्नो जीवनमा स्वागतयोग्य उत्प्रेरक व्यक्तिलाई आफै खोजेर निकाल्न तथा उनीहरुलाई सम्मान गर्न जान्दछन्। जीवनको यात्रापथमा कहिलेकाहीँ यस्तोपनि लाग्नसक्छ, ‘काम गरी गरी थाकिसकियो; बुद्धि र सामथ्र्य पनि छ, कामलाई हेलाँ पनि गरिएको छैन तरपनि सफलता हातलागेको छैन ! योग्यता पूरा मात्रामै छ तर सफल भने हुन सकिएको छैन ! त्यतिखेरै जरूरत पर्छ उत्प्रेरकको ।
मानिसको शरीरमा हरदिन हरक्षण हजारौँ जैविक–रासायनिक प्रतिव्रिmया घटिरहेको हुन्छ । उत्प्रेरकविनै यी प्रतिव्रिmयाहरु सम्पन्न हुनुपथ्र्योभने सबैथोक हुँदाहुँदै जीवन कस्तो असहनीय हुनेथियो, सजिलै अनुमेय छ । हरेक भिन्न भिन्न प्रतिव्रिmयाका लागि उत्प्रेरकको स्वरुप भिन्न हुन्छ; उत्प्रेरक भिन्न तथा निर्दिष्ट हुन्छ । मानिसका क्षेत्रमा पनि प्रत्येक मान्छेका उत्प्रेरक भिन्नाभिन्नै हुन सक्छ । एकजनाका लागि जीवनको उत्प्रेरक व्यक्ति अर्काका लागि नहुन सक्छ । यहाँ उल्लेखनीय के छ भने ‘उत्प्रेरक’ व्यक्तिहरु जसका लागि उत्प्रेरक हुन्, तिनीहरुभन्दा सिपालु वा दक्ष हुनैपर्छ भन्ने छैन । उत्प्रेरकले प्रतिव्रिmया सम्पन्न गराउनमा मात्र भूमिका खेल्छ जहाँ वा जसमाथि प्रतिव्रिmया सम्पन्न गराउँछ, उत्प्रेरकले पनि त्यही स्वरुप परिग्रहण गर्नुपर्छ भन्ने छैन ।
हरेक मानिसले जीवनमा केही न केही सानासाना सफलताका स्वाद पहिलानै पाइसकेका हुन्छन् । अलिकति घोरिएर विचार गर्नुहोभने त्यस कुराको अनुभव गर्न सकिन्छ। सानासाना सफलता हासिल गर्नसके मात्र दीर्घकालीन सफलताको स्वरुप निर्माण गर्न सकिन्छ । अन्यथा बिच बाटामै अड्किन्छन् ती सानासाना सम्भावनापूर्ण सफलताहरु । यी सानासाना सफलतालाई तीव्रता दियाउन जरूरत हुन्छ उत्प्रेरकको ।
दीर्घकालीन रुपले सफल रहेका व्यक्तिहरुआफ्नु जीवनको कुनै एक समयमा कोही न कोही उत्प्रेरकद्वारा उत्प्रेरित भएका हुन्छन् । ती उत्प्रेरकको तालिकामा आफ्ना मातापिता, इष्टमित्र, गुरूजन, मार्गदर्शक, विज्ञ तथा विश्वस्त परामर्शदाता, नेता, प्रशिक्षक, समाजका वा छेउछाउका कोही पनि प्रेरणादायी व्यक्तित्व, सुप्त प्रतिभालाई चिन्न सक्ने मान्छे, आफ्नु स्वकीय प्रभावले कसैको मनमस्तिष्क र चिन्तनलाई जगाउन सक्ने मान्छे आदि हुन सक्छन् ।
रासायनिक र जैविक–रासायनिक प्रतिव्रिmयामा उत्प्रेरकले एउटा वैकल्पिक मार्ग पद्धति (alternative path mechanism) प्रदान गरेर प्रतिव्रिmयाजात पदार्थको निर्माण गर्छ । मानिसको जीवनमा पनित्यसरी नै विशेष वैशिष्ट्ययुक्त व्यक्तिले एक अनन्य वैकल्पिक परिमित मार्ग खोलिदिएर श्रेष्ठत्वको लक्षित स्थान प्राप्त गर्नमा सहयोग पु¥याउँछन् । मिसेल पेइनसाउड्ले भनेका छन्, ‘…At the end of the day, we are all reactive personalities. We just don’t know it until we meet the right catalyst ।’
कर्म र अध्यवसायमार्फत दक्षता प्राप्त गर्ने मार्ग नै जीवनसाधनाको उत्तम मार्ग हो । विशिष्ट विज्ञानी आचार्य जगदीशचन्द्र बसुले भनेका छन्, ‘तिमीले आज राम्ररी गरेको काम– एकदमै सानो भए पनि भविष्यमा केही न केही काममा अवश्यनै लाग्छ ।’ विज्ञानी टमास आल्भा एडिसनका अनुसार, जिनियासको उनान्सय प्रतिशतनै परिश्रम र अध्यवसाय हो, बाँकी एक प्रतिशत अनुप्रेरणा ।
समग्रमा भन्दा कुनै भूमिका, उपसंहार, चर्चापरिचर्चा नभई निस्सर्त कामको थालनी गर्नु नै कुनै काममा दक्षता हासिल गर्नेतर्फको पहिलो कदम हो । निसर्त रुपले एकपल्ट कामको थालनी गरेपछि कसरी त्यसलाई अधिक मात्रामा गर्न सकिन्छ, काम सफलीभूत र उत्पादनशील पार्न सकिन्छ भन्ने कुरामा समयको सदुपयोगको कुरो निहित रहेको हुन्छ । यद्यपि ‘समयनै धन हो’ भन्ने आप्त वाक्य रहेको छ तर समय केवल धन मात्र नभएर धनभन्दा अझ विस्तृत अर्थयुक्त छ । समयले धन कमाउन सके पनि त्यसको विपरीतचाहिँ कहिल्यै हुन सक्तैन । समय सबैका लागि समान हुन्छ, एक दिनमा सबैलेनै २४ घण्टाको समान समय पाएका हुन्छन् । यहाँ धनीगरिब, उच्चनीच, बुद्धिमान्–बुद्धिहीण आदिको कुनै भेदभाव हुँदैन । यो २४ घण्टाको महामूल्यवान् समयलाई बिहानैदेखि कसरी उपयोग गर्ने भन्ने कुरो आफूमाथिनै हुन्छ । यसलाई कसैले खोसेर लान सक्तैन तर दिनको सुरूआतमै पाएको यो २४ घण्टाको ‘प्याक’ तपाईंले उपयोग गरेपनि वा नगरेपनि दिनको अन्तमा भने यो शून्य भएको हुन्छ । यो सम्पूर्ण २४ घण्टाको ‘प्याक’लाई उपयोग गर्न मात्र सकिन्छ, जम्मा गर्न अथवा साँचेर राख्न सकिँदैन ।
भारतीय प्रौद्योगिकी संस्थान, मुम्बईमा ज्येष्ठ फ्याकल्टीका लागि अनुष्ठित भएको सव्रिmय शिक्षण कार्यव्रmममा संस्थानका प्रोफेसर सचिन सि पट्वर्धनले सहभागीहरुलाई उद्देश्य गरेर यही सत्य कुरो भनेका थिए । मानिलिनुहोस्, तपाईंको बैङ्क खातामा ३०,००० रूपियाँ जम्मा छ । त्यो पैसा कसरी खर्च गर्नुहुन्छ त्यसको स्वतन्त्रता तपाईंको आफ्नु हो तर जीवनको अन्तिममा तपाईंले खर्च गरे पनि अथवा नगरेपनि खाताको ब्यालेन्स शून्य हुन्छ । सम्पूर्ण जीवनकालमा (औसत आयु ८२ वर्ष भनेर मानिलिनु हो भने) एकजना मानिसले मोटामोटीमा ३०,००० दिन पाएको हुन्छ । यी तिस हजार दिन कसरी खर्च गर्ने भन्ने कुरो आफ्नु रूचिअनुसार राखेको कामको प्राथमिकतामाथिनै मूलतः निर्भर रहन्छ । जसरीसुकै उपयोग गरे पनि ब्यालेन्स एक दिनशून्य हुन्छ । यहाँ मनन गर्नुपर्ने कुरो के छ भने, यस कुरोको अनुभव हउन्जेलसम्ममा तपाईंहामीले जीवनको एउटा ठुलो भाग बिताइसकेका हुन्छौँ । बाँकी रहेका कसैका बिस हजार, कसैका पन्ध्र, कसैका दश हजार दिन खर्च गर्नमा हाम्रो भूमिका के हुन सक्छ ?हाम्रो भूमिका र लक्ष हुनुपर्छ बाँकी दिनलाई उत्पादनशील बनाई बाँच्न उत्पादनशील चौबिस घण्टा बिताउने अनुशीलन गर्नु ।
जीवनको रसायनको समीकरणमा ‘कर्म स्पृहा’ र ‘समय धन’ आफ्नो प्राथमिकताका कामहरु सुचारू रुपले सम्पादन गराउने मूल कारक हुन् । कर्म र अध्यवसाय हुन् प्रतिक्रिया कारक (Reactant) । अध्यवसाय र कर्मको समाहारमा उत्प्रेरकको उपस्थितिमा प्रतिव्रिmया सम्पादन भएर एक अनन्य मार्गबाट प्रतिव्रिmयाजात पदार्थको निर्माण हुन्छ । अदम्य अध्यवसाय, अनुप्रेरणा, अनुशीलन र बुद्धिमत्ताले परिपूर्ण यो परिणाम दीर्घम्यादी हुँदा निर्माण हुन्छ ‘जिनियासको’ ।
(डा. निर्मलादेवी मूलतः रसायन विज्ञानी हुन् । भारत सरकारका विभिन्न विभागबाट युवा विज्ञानी तथा ज्येष्ठ विज्ञानीका निकैओटा भ्रमण भत्ता प्राप्त गरेर उनले दक्षिण अफ्रिका, दक्षिण कोरिया, भियतनाम, अमेरिका,संयुक्तराष्ट्र आदि देशमा अनुष्ठित भएका विभिन्न अन्तर्राष्ट्रिय विज्ञान सम्मेलनमा भाषण गरेकी छन् । सन् २०११ मा भारत सरकारको ‘केमिकेल्स तथा पेट्रोकेमिकेल्स’ मन्त्रालयले प्रदान गरेको ‘प्रविधि उद्भावनको राष्ट्रिय पुरस्कार’ले सम्मानित उनी असमिया भाषामा प्रेरणात्मक निबन्ध लेख्ने प्रतिष्ठित लेखिका हुन् । असमका प्रतिष्ठित पत्रपत्रिकामा प्रकाशित उनका निबन्धहरुको तीनओटासङ्कलन प्रकाशित छन्। उनको कलम निरन्तर चलिरहेको छ ।)

अनुवाद: गदाधर शर्मा (आहोमगाउँ, गुवाहाटी, असम)

Facebook Comments Box

Similar Posts