विश्व सिग्देल
निशामा रम्ने एक चकोरझैँ
सोच्थेँ कोही आउला एक भोरझैँ ।
घामले सुकाउँथ्यो, पानीले गाल्थ्यो
खियाले आत्मा जलाउन थाल्थ्यो
म थिएँ पीडाको एक स्वर
सोच्थेँ कोही आउला एक भोरझैँ ।
मधारको जीर्ण विदीर्ण नाउ
आफ्नाले पराइले दिएको घाउ
लाग्थ्यो यो शरीर एक खोरझैँ।
सोच्थेँ कोही आउला एक भोरझैँ ।
Facebook Comments Box