• मुनाराज शेर्मा

हतारले तिम्रो नाम उच्चारण नगरी
म डाँडामा पुगेँ
उज्यालो हुँदै देखेको
तिम्रो हृदयको उज्यालो लिएर आएको छु
मनको जङ्गल उघारेर हेर्छु
सायद तिम्रो सबसे किम्मती बाँच्ने धुनहरु
छरिएर सङ्गीत बनेको छ यो दिमागभरि
यो पृथ्वी यो अकास
सारा भरिएको छ तिम्रो स्मृतिको हावा

चराहरु हेमानको पखेटा फिँजारेर
फिरिरहेका छन् आफ्नो घर
भन्ने छन् आफ्ना दैनिक कथाहरु
आज कति अनमोल खजानाहरु प्राप्त गरे
दुःखको बाटो हिँडेर
मेरो मनको असाध्य पखेटा
फैलिएर उडान भरेको छ
असङ्ख्य अप्ठ्यारो नाघेर तिम्रो संसारको नजिक

भोलि अवश्य हुने छ उज्यालो
फेरि उठ्ने छौँ आफ्नो
अभीष्टसँग
के हार्नु एकछिनको अँध्यारोसँग
बाँच्नु छ यो उज्यालो बोकेर
जिन्दगीको उत्सव गर्न
यो साँझ एकछिन विश्राम हो
फेरि जाग्नु छ
बिहानको रक्तिम घाम भएर

Facebook Comments Box

Similar Posts