ज्ञानबहादुर छेत्री

अकल्यान्डमा झरेर लगेज लिनु धेर बेर लागेन । यो डोमेस्टिक एयरपोर्ट हो । भोलि दश बजे साउथ चाइना एयरलाइन्स विमानको टिकट छ । तीन घन्टा अगावै आए पनि बिहान सात बजे अकल्यान्ड इन्टरनेसनल एयरपोर्टमा आइपुग्दा हुन्छ । अहिले दिउँसोको चार मात्र बजेको छ, सिङ्गो रात कहाँ बिताउने ? यहीँ रात कटाएर बिहान इन्टरनेसनल एयरपोर्टमा पुग्ने सोच्दै थिएँ । जिबिएलओ न्युजिल्यान्डका सभापति बालकृष्ण घिमिरेले दुई दिनअघि भनेको कुरा सम्झेँ । उनले भनेका थिए ‘अकल्यान्डमा रिसिभ गर्ने, रात बस्ने र भोलिपल्ट एयरपोर्ट पु¥याइदिने मान्छे ठिक गरिदिने छु, तपाईंले कुनै चिन्ता गर्नुपर्दैन ।’ हिँडने बेलामा बालकृष्णसँग भेट भएन, गोपालले पनि मलाई केही भनेनन् । अब परेन फसाद ! मोबाइल नभएको होइन तर मेरो फोनबाट लाग्दैन । लगेजको ब्याग गुडाउँदै ओहोरदोहोर गरेँ, कसैलाई भनेर बालकृष्णसँग सम्पर्क गर्ने सोचेँ । जता हे¥यो सबै मोबाइलमा व्यस्त तैपनि एउटा भलादमीजस्तो लागेर छेउमा उभिएँ । दश मिनट छेउमा उभिँदा पनि त्यस खैरे बुढाले मतिर हेर्दै हेरेन, कुरा गर्नमै व्यस्त देखियो । मलाई लाग्यो, त्यो खैरे उसकी नयाँ प्रेमिकासँग कुरा गरिरहेछ ।
अकल्यान्डमा आतिथ्य: गणेश राई र मीना राई
म बाहिर निस्केर कता जाऊँ के गरौँ भनेर यताउति नजर दौडाउँदै थिएँ । देखेँ, एउटा होचो होचो, मङ्गोलियन अनुहारको अधबैँसे मान्छे मलाई नै ताकेर हस्याङफस्याङ गर्दै आउँदै छ । मेरा छेउमा आएर त्यो मान्छे ठिङ्ग उभियो, आफ्नो प्यान्टको गोजीबाट मोबाइल निकालेर हे¥यो अनि मलाई देखाउँदै भन्यो, ‘तपाईं हो?’
उसको मोबाइलमा मेरै फोटो थियो । मलाई रिसिभ गर्न खटिएका रहेछन् । मैले बाहिर निस्कन ढिलो गरेछु । बिचरा ! उनी आधा घन्टादेखि मेरो फोटो हेर्दै मिल्ने गोर्खेअनुहारखोज्दैरहेछन्।
उनी गणेश राई रहेछन् । विदेशमा आफ्नो मान्छे भेट्दा राम्रो लाग्छ नै, मलाई ढुक्क लाग्यो ।
गाडी पार्किङ गरेको ठाउँसम्म उनले मेरो ब्याग गुडाउँदै लगे । त्यसपछि उनले बिचसहरबाट मुख्य ठाउँ र भवनहरु देखाउँदै लगभग डेढ घन्टामा उनको घरमा पु¥याए । उनको घर एयरपोर्टबाट मात्र २० किमि टाढा रहेछ । गाडीमा बिस मिनिटमा पुगिने दूरी रहेछ । मलाई एक झल्को अकल्यान्ड सहर देखाउने विचारले अर्कै बाटो लिएर आए । गणेशजीले ऐतिहासिक स्थल र सरकारी भवनहरु देखाउँदै गए । ओर्लेर हेर्न नभ्याए पनि गाडीबाटै मोबाइल क्यामेराले फोटाहरु लिने काम गरेँ । धोको पु¥याएर हेर्ने मौका परेन । हुन त धित मरून्जेल हेरौँ भनेर समय कहाँ पो मिल्छ र !आफ्नै देश, आफ्नै सहरलाई पनि राम्ररी हेरिएको छैन आजसम्म । आफ्नै घरबाट मात्र २० किमि दूरीको कलिया भोमोरा ब्रिज खुलेपछि टाडा टाडादेखि हेर्नेको ताँती लाग्यो किनभने त्यति खेर त्यो नै ब्रह्मपुत्रमाथि बनिएको असमको सबैभन्दा लामो (३.५ किमि) थियो । मलाई भने तीन वर्षपछि मात्र हेर्ने साइत जु¥यो ।
गाडीमा जाँदै गर्दा गणेश राईका बारेमा जानकारी लिएँ । उनले आफ्ना बारेमा भन्दै गए, वाणीबद्ध गर्न भ्याए । टाडा विदेशमा, विशेष गरी अर्कै महादेशमा बसोबास गर्ने स्वजातीय भेट हुँदाको अनुभूति सुखद हुन्छ । उनीहरुलाई पनि स्वदेशबाट कोही आयो भने माइती आएको आनन्द हुँदो हो । कतै व्यतिव्रmम पनि होला, कसैको तितो अनुभव हुन सक्छ तर मलाई पामिस्टनमा र अकल्यान्डमा गहिरो प्रेमको अनुभव भयो । गणेश राईको पुख्र्यौली थलो पूर्वी नेपालको धनकुटा पहाड रहेछ । राईले काठमाडाँै, पुल्चोक इन्जिनियरिङ इन्स्टिच्युटबाट डिप्लोमा लिएर सर्वप्रथम धनकुटामा स्वास्थ्यसेवामा काम गरे । त्यसपछि सन् १९९१ देखि उनले सात वर्ष हङ्कङको एउटा ट्रान्सपोर्ट कम्पनीमा काम गरे । सन्१९९७ मा त्यो कम्पनी न्युजिल्यान्डको अकल्यान्ड आउनाले उनी पनि यतै सरूवा भए । यस समयमा उनी बस कम्पनीको इलेक्ट्रिकल विभागमा एउटा सेक्सनका अधिकारीका रुपमा कार्यरत छन् भने उनकी पत्नी मीना राई पनि सोही अफिसमा काम गर्छिन् । राई सन्२००२ मा १० ल्याब्रुक एबे. ब्लकहाउस वे भन्ने सागरको तटीय क्षेत्रमा सुन्दर दुईतले भवन किनेर स्थायी रुपमा बसेका छन् । गणेश र मीना दुवैको उमेर ५८ वर्ष, सन्तानमा एउटा छोरा र एउटी छोरी, दुवैको बिहे भइसकेको सुखी परिवार रहेछ ।
यसो देख्ता ठिकै देखिए पनि मलाई सम्पूर्ण स्वस्थ भन्नु मिल्दैन । अलिकति चिसो कि त धुलो भेटे मलाई नराम्रो तरिकाले हाच्छ्यिुँ आउन थाल्छ । उसरी नै खानामा तेलमसला यताउति भयो भने पेट दुख्छ र पखाला चल्छ । कतै रात बस्तै जानुपर्दा श्रीमतीबाट यो नखानू त्यो नखानू भन्ने धेरै भाषण सुनेपछि सम्मतिसूचक तथास्तु भनेर मात्र निस्कन्थेँ ।
ठुलो आँट गरेर निस्केको थिएँ, एक्लै । धन्य, अहिलेसम्म केही समस्या भएको छैन । होसियार हुँदाहुँदै पनि पामिस्टनको अत्यधिक माया पेटमा अटाउन र पचाउन हम्मेहम्मे परिरहेको थियो । त्यसैले गाडीमा आउँदै गर्दा गणेशजीलाई ‘म त शाकाहारी हुँ’ भन्ने सूचना दिएको थिएँ ।
साँझमा गणेशजीका घरमा निकैजना नेपाली मान्छे भेला भए । सबैसँग परिचय साटासाट गरियो । त्यो अनौपचारिक भेलाले औपचारिक सभाको रुप लियो । वास्तवमा, घरपतिले भारतका एकजना अतिथि साहित्यकार आउँदैछन् भन्ने सूचना पहिले नै दिएका रहेछन् । मेरै सम्मानका खातिर यो आयोजन रहेछ भन्ने बुझेँ । सभापतिको आसनमा गणेश राई थिए भने मलाई विशिष्ट अतिथि भनेर परिचय गराइयो । सभाको उद्घाटन भाषणमा स्थानीय विशिष्ट व्यक्ति उद्धव अधिकारीले भन्नुभयो, ‘हामीलाई यहाँ कुनै कुराको कमी छैन । अकल्यान्डमा नेपालीभाषी लगभग हजारजना छौँ । सबै सम्पन्न छौँ । हाम्रो एउटै समस्या छ, त्यो हो जातीय परिचयको सङ्कट । यही एउटा डरले हामीलाई सधैँ पिरेको छ । हामी भेट हुँदा आपसमा नेपालीमै कुरा गर्छौं तर कहिलेकाहीँ महिना दिनसम्म आफ्नो भाषा बोल्ने मान्छेसँग भेटै हुँदैन । त्यसैले आपसमा भेटघाट हुने र आफ्नो भाषासंस्कृतिलाई बचाएर राख्ने उद्देश्यले धार्मिक अनुष्ठान, जातीय चाडबाड आदि मनाउने गर्छौं । हामीपछिको प्रजन्मले कसरी जातीय परिचय जोगाउला भनेर हामी चिन्तित छौँ ।’
अधिकारीका पछि अरु दुई जनाले वक्तव्य राखे । उनीहरुले पनि त्यही परिचयको सङ्कटको कुरा नै भने । त्यसपछि पाँच जना युवामा चारजनाले नेपालीमा र एकजनाले अङ्ग्रेजीमा स्वरचित कविता वाचन गरे । एउटी कलाकारले तविश्वभावना दर्साउने ‘आँगन त एउटै हो’ बोलको नेपाली गीत गाएर सबैलाई मक्ख पारिन् ।
अतिथिको बोल्ने पालो आयो ।सम्बोधनमा अकल्यान्डवासी नेपालीप्रति हार्दिक आभार प्रकटगरेँ।
त्यसपछि यसरी छोटो वक्तव्य राखेँ, ‘हठात् आइपुगेको एकजना अतिथिलाई तपाईंहरुले जुन आदर, सत्कार र सम्मान दिनुभयो, म अभिभूत भएको छु । कहिल्यै भुल्ने छैन अकल्यान्डको अकृत्रिम माया । भारत–नेपालदेखि धेरै टाडा न्युजिल्यान्डको अकल्यान्ड सहरमा नेपाली समाज गठन गरी जातीय भवन निर्माण, चाडपर्व, धार्मिक अनुष्ठानादि आयोजन पालन गरेको जान्न पाउँदा मेरो मन हर्षले रमाएको छ, खुसीले गदगद भएको छ । उसै गरी आज यहाँ कविता पाठ गर्ने युवावर्ग र नेपाली लोकनृत्य प्रदर्शन गर्ने नानीहरुमा जातीय भावना र सांस्कृतिक चेतना देखेर मेरो छाती गर्वले ढक्क फुलेको छ । जातीय परिचय प्रकृतार्थमा, मान्छेको मुटुमा, चेतनामा हुन्छ । जबसम्म व्यक्तिमा जातीय चेतना रहन्छ तबसम्म उसले जातिलाई माया गर्छ र गर्व गर्छ । व्यक्तिमा त्यो चेतना जबसम्म रहन्छ त्यो जातिको भाषा र संस्कृति हराउँदैन, विलुप्त हुँदैन ।
अकल्यान्डवासी मित्रहरु, हेर्नोस् त, तपाईंहरु दक्षिण मेरूकै छेउको पल्लो मुलुकमा बसोबास गरे पनि आफ्नो भाषा र संस्कृतिलाई कसरी समातेर राख्नुभएको छ । यस घडी म न्युजिल्यान्डमा तपाईंहरुसँग संवाद गरिरहेको छु । यसको कारण पनि उही जातीय चेतना हो । पृथ्वीको जुन देशमा बसे पनि नेपाली भाषा र संस्कृतिले हामीलाई जोडेको छ । राष्ट्रको राजनीतिक सेरोफेरोलाई भत्काएर भाषा र संस्कृति कुनै पनि मुलुकमा पुग्न सक्छ । आजको ग्लोबल परिप्रेक्ष्यमा थुप्रै पुराना कुराहरु भत्किन थालेका छन् । नयाँ कुराहरु आएका छन् । हेर्नोस् त कस्तो विडम्बना, जन्मेको देश भुटानले विदेशी भनेर देशबाटै लखेट्यो, पुर्खाको देश नेपालले शरणार्थी भनेर हेला ग¥यो । कुनै साइनो सम्बन्ध नभएको, भाषा र संस्कृति केही नमिल्ने देश न्युजिल्यान्डले न केवल आश्रय दियो, नागरिकतासहितको सानको जिन्दगी दियो । यस्तो दुःख भोगाइपछि पनि न्युजिल्यान्डमा संस्थापित नेपालीभाषी भुटानीको जन्मभूमि भुटान र पुर्खाको देश नेपालप्रतिको अकृत्रिम प्रेम र श्रद्धाभावना देखेर आश्चर्यचकित भएको छु । त्यस्तै प्रेम यहाँ अकल्यान्डवासी नेपालीमा देखेर मेरो मन हर्षले उचालिएको छ । तपाईंहरुलाई मेरो सलाम छ, शतकोटि प्रणाम ।
हे मेरा प्यारा स्वजन, धेरै लामो म बोल्दिनँ, हृदयको माया व्यक्त गर्न धेरै बोल्नुपर्छ जस्तो लाग्दैन । मलाई खुसी लागेको कुरा के छ भने यतिखेर विश्वका चारै दिशाबाट नेपाली भाषामा डायस्पोरा साहित्यको निर्माण हुन थालेको छ । यो हाम्रा लागि शुभलक्षण हो । डायस्पोरिक जीवन भूमण्डलीकरण प्रौद्योगिकीको देन हो । आजको व्यक्ति कुन मुलुकमा पुग्छ, कहाँ उसको निवास हुन्छ त्यसको निक्र्योल गर्ने धेरै कारक तङ्खवहरु छन् । तपाईंहरुले सानो छँदा निश्चय पनि एक दिन अकल्यान्डमा घर बनाएर बस्छु भनेर सोच्नुभएको थिएन । तपाईंहरुले नेपाली भाषा र साहित्य अनि संस्कृतिलाई विश्वमा फिजाउने महङ्खवपूर्ण काम गर्नुभएको छ । प्रतिकूल परिवेशमा भाषा र साहित्यको सेवा गर्ने तपाईंहरुलाई जतिनै सराहना गरे पनि थोर हुन्छ । तपाईंहरुसँगको मेरो आजको भेट ऐतिहासिक बनोस् । यसरी संवाद गर्न पाएर म धन्य भएको छु ।’
सभा सकिएपछि पनि एक घन्टा अनौपचारिक कुरा गरियो । विदेशमा पैसा कमाएर पुर्खाको देशमा पु¥याउने कुरा कतिपयले गरे । नयाँ प्रजन्ममा भने फर्किने सम्भावना देखिँदैन । पहिलो पुस्ताका बुढापाकाले चाहे पनि फर्किन नसक्लान् किनकि पुर्खाको देशले नागरिकता दिनु प¥यो नि ।
राई दम्पत्ति अति नै धार्मिक, मिष्टभाषी र अतिथिपरायण रहेछन् ।
छिमेकीहरु गइसकेपछि सोफामा बसेर घरपतिको बैठककोठाका चारैतिर हेरेँ । देवालका सबैतिर देवीदेवताका ठुला ठुला फोटा झुन्ड्याइएका थिए । बैठकबाटै देखिने भित्रको कोठा पूजाकोठा रहेछ । त्यहाँ पनि फोटा र देवदेवीका सानाठुला मूर्ति । यी राई दम्पतिले जानेसुनेजति सबै देवीदेउतालाई आफ्ना घरमा राखेका छन् जस्तो लाग्यो ।
बिहान पाँच बजी नै म तयार भएको थिएँ । छ बजीसम्म डायरीमा अघिल्ला दिनको कार्यावली नोट गरेँ । आज मेरो न्युजिल्यान्डबाट बिदा हुने दिन । फेरि कुनै दिन यस देशमा आउन नजुर्ला किनभने यतिखेर मेरो उमेर त्रिसट्ठी पुगिसकेको छ । मौका जुरे पनि शरीरले नथेग्ला । छ नबज्दै चियानास्ता तयार । राई दम्पत्तिसँगै बसेर खाइयो । बिहानै ०६.३० मा उनीहरु पनि ड्युटीमा जाने । मेरा लागि अर्कै गाडी आइपुग्यो । हिजै गाडीको परिबन्द मिलाइदिएछन् । हिजोको सभामा उद्घाटन वक्तव्य राख्ने उद्धव अधिकारी रहेछन् मलाई एयरपोर्ट पु¥याउने व्यक्ति । उद्धव अधिकारीले अस्ट्रेलियाबाट मेकानिकल इन्जिनियरिङमा डिग्री लिएर एउटा निर्माण कम्पनीमा काम गरेर पाँच वर्षअघि सेवानिवृत्त भएका रहेछन् । प्रखर जातीय चेतना भएका अधिकारीले अगुवा भएर समाजसेवामा मनोनिवेश गरेको बुझेँ । गोरो अनुहार, अग्ला र पातला दारका अधिकारीलाई नेपाली भनेर नचिनिने । कुरा गर्दै त्यस्तै बिस मिनटमा एयरपोर्ट पुगियो । अधिकारीजी बिदा भएपछि केहीबेर म अल्मलिएँ । आउँदा सोझै इमिग्रेसन, त्यसपछि प्रस्थान गेटतर्फ जानुमा कुनै अप्ठ्यारो भएको थिएन । धेरैओटा काउन्टरका सबैमा लामो क्यु देखेँ । मैले साउथ चाइना एयरलान्सको बोर्डिङ पास लिने र लगेज कुन काउन्टारमा बुझाउने भनेर एउटालाई सोधेँ, उसले मलाई त्यहीँ पु¥याइदियो । मेरा कागजात परीक्षा गरेर दुइटा बोर्डिङ पास दिए, एउटा अकल्यान्डदेखि ग्याङजाउ अनि अर्को ग्याङजाउदेखि दिल्लीको । ठुलो ब्याग तौलेर लगेजमा पठाए । त्यसपछिको सुरक्षाजाँच भने धेरै लामो र कढा रहेछ । पासपोर्टलाई मसिनमा स्वाट्ट छिराउँदा छेकाबार खुल्ने रहेछ । अरुले गरेको हेरिरहेको हुनाले मेरा पालो आउँदा त्यसरी नै त्यो खुडकिलो पार गरेँ । त्यसपछि ह्यानब्याग एउटा ट्रेमा अनि कोट, मोबाइल र पर्स अर्को ट्रेमा एक्सरे मसिनका लागि यथास्थानमा राखेर आफ्नो शरीरको जाँच गर्ने सिसाको बक्स जस्तोमा पसेर उभिएँ । स्वाट्ट र झिलिक्क ग¥यो, बस खतम् । मैले पेटी खोल्न बिर्सेको रहेछु । पल्लो छेउको सुरक्षाकर्मीले पेटी खोल्न लगाएर यसरी ओल्टाइपल्टाइ छामेर हे¥यो मानौँ त्यसभित्र के के नै लुकाएर राखेको छ ।
सुरक्षाजाँच सकेर सामान लिएपछि ढुक्क लाग्यो । घडी हेरेँ, नौ बजेछ । अढाइ घन्टा लगातार क्युमा उभिँदा खुट्टा गलेछन् । एक कप चियाको तलतल लागेको थियो तर अझ प्रस्थान गेटसम्म पुग्नु छ । छोरालाई ‘म अहिले अकल्यान्ड एयरपोर्टमा सुरक्षाजाँच सकेर बसेको छु, दिल्लीदेखि गुवादाटीको भोलि बिहानको फ्लाइटमा टिकट गरिदिनू’ भनेँ ।
दश बजे विमानले गति लियो । ‘बिदा न्युजिल्यान्ड’ मनमनै भनेँ । साउथ चाइनाको यो विमान झन्ठुलो रहेछ । एक लहरमा ३–४–३ गरी दश जना बस्ने । यसपटक मेरा छेउका सिटमा एक जोडी परे । केटो धम्मरधुस कालो र केटीचाहिँ गोरी । कालेले कसरी यति राम्री डेसडेमिनालाई पट्यायो होला । दुवै जना अनर्गल फत्फताइरहे । कुनै भाषामा बातै मारेका हुन् कि बाझेका हुन् बुझ्न सकिएन । मैले सेपिएन्स निकालेको थिएँ, फेरि ब्यागमा थन्क्याएँ अनि चादरले मुख छोपेर निदाउने प्रयास गरेँ । ट्रली ठेल्दैतान्दै विमान परिचारिका आए । सात घन्टाअघि मीना राईले दिएको नास्ताले छोडिसकेको थियो । कम्पुटरमा विमानले १,८०० किमि तय गरेको, ३,९०० उच्चतामा उडिरहेको देखायो । रोटी, दाल, उसिनेका मकै, फ्रुट–सलाद र बटर थियो । काले र गोरी थाकेर निदाएछन् । तिनीहरु निद्रामा मस्ताराम थिए । परिचारिकाले एकपटक तिनीहरुतिर हेरिन् तर तिनलाई उठाइनन् ।

Facebook Comments Box

Similar Posts