रामगोपाल आशुतोष
(काठमाडौं)
डायनोसरका अवशेषहरू
बाँकी नै रहेछन् एक्काइसौं शताब्दीसम्म पनि ।
समयको परिवर्तनसँगै
आज उनीहरूले आफ्नो बाह्य रूप फेरे
तर प्रवृत्ति फेरेनन् ।
त्यसैले होला
दर्किरहेका छन् साउन-भदौ मेचीदेखि महाकालीसम्म
जुझिरहेका छन् ।
आक्रान्त क्रन्दनका स्वरहरू
मरुभूमि नियति
गाउँ-सहर मानवविहीन भएर बाँचिरहेछन् ।
हो
डायनोसरहरू हिजोजस्तै शक्तिशाली छैनन्
त्यसैले त
अग्ला पर्खालभित्र उनीहरू
बाघ-भालुको पहराभित्र
आफूलाई सुरक्षित ठानिरहेका छन्
हातहतियारले सुसज्जित उनीहरू
सम्भावित प्रलयबाट जोगिन
बकर निर्माण गरिरहेका छन्
उडेर जान
पखेटाको खोजीमा छन्
ओढेर जङ्गली पोशाक
जङ्गल-जङ्गल, ओढार तथा गुफासम्म लुकेर बसेका छन् ।
तर एक्काइसौँ शताब्दीको विनासकारी प्रलयबाट
बच्न सक्नेछैनन् डायनोसहरू
असम्भव छैन फालिने उनीहरू
इतिहासको कालकोठरीभित्र……!
(नेपाल भाषाबाट अनुदित)
प्रकाशित २०६३ चैत्र अंक(शब्दाङ्कुर साहित्यप्रधान मासिक)