शिला पन्त
(सिफल, काठमाडौँ)

हे वसन्त तिमी आऊ, आऊ लौ न निरन्तर
मसी सुक्दै गयो भुल्दै लौ न केको गरौँ भर ?

ताला खोल्दा सबै आफ्नैराग, द्वेष भुलेसरि
माता, पिता र आफन्त झट्ट, चट्ट गमेसरि ।

फिर्ता देऊ तिमी आजै लाखौँ सौन्दर्यका कण
हामी विश्वासका साथ चुम्छौँ र रम्छौँ यही क्षण ।

सन्तोष मनमा हुन्छ वसन्त झुल्किएपछि
झुम्मिँदै छन् सयौँ मान्छे नयाँ सौन्दर्यका पछि ।

जम्मै सौन्दर्य सुम्पेर तिमी जाऊ कतैतिर
नयाँ छ प्रेमको गङ्गा नफुटोस् मनको शिर ।

भावना मनमा हुन्छ के खोज्छौ अरुमा गई
दिनैरै’छ सबैभन्दा खुल्ने वसन्तका छवि ।

यात्रा आनन्दको लाग्छ धेरै टाढा गएपछि
अझ स्वर्णिम त्यो यात्रा शब्द शब्द उनेपछि ।

घाम पानी सबै छल्दै एकान्त वनमा डुली
हाँस्दै, रम्दै, स्वयं नाच्दै क्वैलीको स्वरमा भुली ।

यही गोलार्द्धमा मेरा चाहना चल्मलाउँछन्
माघका पातझैँ झर्दै कुनै दिन बिलाउँछन् ।

Facebook Comments Box

Similar Posts