छायादत्त न्यौपाने ‘बगर’
म देश हुँ।म धेरै प्राणीको घर।म सबै जीवजन्तुलाई काख उपलब्ध गराउँछु।मेरो काख सबैका लागि न्यानो छ।मेरो काखलेसबैलाई तातोचिसो बराबर दिन्छ।मेरा जिउका रूखबिरूवाले ˚ाल्ने हावा एकनासको हुन्छ।मेरा अङ्ग पहाडपर्वत र पाखापखेराले उत्पादन गर्ने जडीबुटी सबैका साझा हुन्।मलाई अँगालो मारेर बग्ने नदी, खोला रझरनाहरु देशमा बस्ने सबै प्राणीका आ˚्नै हुन्।मसँग तालहरु पनि छन्।मान्छेले खेतबारीमा उत्पादन गर्ने खेतीबालीको तिर्खा मेटाउने यिनैले हो।
मलाई हराभरा पार्ने प्रकृति मेरै इच्छाबमोजिम ˚स्टाउँछ।म मान्छेको सुझबुझ र विवेकअनुसारसीमाबद्ध भएर बसेको हुन्छु।मलाई चारैतिरबाट घेर्ने मेरै सहोदर दाइभाइ हुन्।हामी दाजुभाइको छुट्टीभिन्न मान्छेको बाहुबल, बुद्धिबल र भावनाअनुसार हुन्छ।मान्छे आपसमा छिनाझम्टी गरेर मेरो सीमारेखा वरपर पु¥याउन सक्छन्।म सिङ्गै पृथ्वी देश भनेर चिनिन चाहन्छु तर मान्छेको रहरले मलाई भाइ भाइमा छुट्याएको छ।हामी ˚रक ˚रक नामले चिनिएका छौँ।
होसाथीहरु, म देश हुँ।मेरो शरीर विशाल भूमिमा पैmलिएको छ।मान्छेहरु मलाई प्रान्त, जिल्ला, गाउँपालिका, नगरपालिका, महानगरपालिका, वडामा बाँडेर आपूm अनुकूल पार्छन्।यसरी मलाई प्रशासनिक विभाजनमा बाँड्छन्।यो विभाजनले मान्छेको बसोबासलाई सजिलो बनाउँछ।मान्छेको बस्ती बसाउन यस्तो प्रशासनिक वर्गीकरणले सघाउँछ।यसबाट मान्छेले घर कहाँनेर बनाउने ? यताउता आउन÷जान सजिलोबाटो कसरी तयार पार्ने ? खानेपानीको तहबह कतातिर मिलाउने ? खेतीपाती गर्न कुन भाग राम्रो होला भनेर थाहा पाउने ? बजार कतातिर बसाउँदा धेरै मान्छेलाई पायक पर्छ ? वन्यजन्तुको बसोबास र हरियाली कायम राख्न वनबुट्यान आदिको बन्दोबस्त कतातिर मिलाउने ? यी र यस्तै काम कुराको विचार गरी गरिने बाँड˚ाँड नै प्रशासनिक वर्गीकरण हो।यसरी गरिएको प्रशासनिक वर्गीकरणबाट मान्छेको जीवन निर्वाहलाई सजिलो बनाउने विभिन्न विकासका काम गर्न सहज हुन्छ।म यिनै वर्गीकरणअनुसारका गाउँपालिका, नगरपालिका, महानगरपालिका, जिल्ला र प्रान्तको साझा नाम देश भनेर चिनिँदै आएको छु। पछि पनि चिनिँदै रहने छु ।
देश भनेको नापझाँप गरी छुट्याएर निश्चित सीमारेखा किटान गरिएको भूगोलको नाम हो।यसरी बनेको निश्चित भूगोलभित्र बस्ने मान्छे देशबासी हुन्।जो जुन देशमा बस्छन् तिनलाई त्यही देशको नामसित जोडेर चिनिन्छ।नेपालमा बस्ने नेपाली, भारतमा बस्ने भारतीय, भुटानमा बस्ने भुटानी।देशको नाम जे भए पनि त्यहाँ बस्ने मान्छेले पाउने सरसुविधाका लागि गरिने प्रशासनिक कामकारबाही उस्तै उस्तै छन् र हरेक देशका आआ˚्नै विशेषता पनि छन्।हरेक देशको भौगोलिक सुरक्षा गरी बासिन्दालाई समान अवसर तथा कानुनी सहयोग दिन चाहिने नियमकानुन बनाउने ठाउँ व्यवस्थापिका हुन्छ।यसलाई संसद् पनि भनिन्छ।देशबासी सबैलाई न्याय दिने न्यायपालिका हुन्छ।यसलाई अदालत भनिन्छ।यसै गरी विकासका योजना बनाएर तिनको कार्यान्वयन गर्ने कार्यपालिका हुन्छ।यसलाई सरकार वा कार्यकारी भनिन्छ।यिनै व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाले मेरो काखमा बस्ने बासिन्दा सबैलाई व्यक्तिगत उन्नति गर्ने बराबर अवसर दिन्छन्।देशबासीलाई व्यवस्थित र अनुशासित राख्ने पनि यिनैले हो।
संसारमा धेरै देश छौँ।प्रत्येक देशले राम्ररी सञ्चालन हुन मूल कानुन बनाएका हुन्छौँ। यस्तो कानुन संविधान हो।यही संविधानले निर्देश गरेअनुसार देशभित्रका मान्छेहरु सञ्चालित हुन्छन्।मान्छेलाई पढ्ने, लेख्ने, खेतीपाती गर्ने, उद्योग चलाउने, पसल खोल्ने अधिकारको व्यवस्था यही मूल कानुनमा गरिएको हुन्छ।हरेक मान्छेले आआ˚्नो देशको संविधानले दिएको अधिकार प्रयोग गरेर काम गर्छन्।यसैअनुसार सेवासुविधा लिएर बस्छन्।मान्छेले आआ˚्नो देशको प्रगतिका लागि सहयोग गर्छन्।यसले देशबासीलाई आवश्यक पर्ने कानुनी सेवासुविधा दिएर सहयोग गर्छ।यसरी एक सिक्काका दुई पाटाभैmँ भएर म र मसँगै बसोबास गर्ने मान्छेको सम्बन्ध एकअर्कासँग घनिष्ठ रुपले गाँसिएको हुन्छ।
शब्दभित्रभित्रै पसेर अर्थ खोज्ने हो भने देश भनेको निश्चित भूगोल, त्यहाँ रहेको वनस्पति, जोडिएको इतिहास, बसोबास गर्ने मान्छे र ती मान्छेले पछ्याएको भाषा, संस्कृति र संस्कार हो।यिनलाई देशकै परिपूरक अङ्ग मानिन्छ।यी सबै अङ्गको एउटै सजिलो नाम देश हो।मैले जहाँ जहिले पनि यी सबैको प्रतिनिधित्व गरिरहेको हुन्छु।देश शब्दको पूरा अर्थ भनेकै भूगोल, प्रकृति, बासिन्दा र बासिन्दाले प्रचलनमा ल्याएको भाषा संस्कृति, वेशभूषा, रहनसहनजस्ता धेरै मौलिक परिचयको साझा नाम हो।
मलाई देश भनेर चिनाउने तपाईं मान्छेहरु नै हो।आजको विज्ञानले दिएको चहलपहल मान्छेकै उत्पादन हो।मलाई सीमा तोकेर खनजोत गर्ने पनि मान्छेकै काम हो।म त मान्छेकै इच्छाबमोजिम भौतिक सुख दिन सक्छु।म आपैmले दिने भनेको समान प्राकृतिक सुविधा हो।सबै मेरा असल सन्तान मिलेर बसुन्।मेरो उपयोग गर्ने अवसर बराबर पाउन्।मेरो शरीरमा चलखेल गर्दा सबैलाई उतिकै न्यानो अनुभूति होस् जति बिहानका झुल्केघामबाट हुन्छ।मैले त मेरो काखमा जन्मी हुर्किनेमध्ये कोही टन्न खाएर मोटाएको कसैले खान नपाएर ख्याउटिएको दृश्य हेर्न सक्तिनँ।म त चाहन्छु सबै सन्तान एकैनास मुस्कुराउन्।मलाई त मान्छेले व्यक्ति स्वार्थ छाडेर दाइभाइ र दिदीबहिनी सरह आत्मीय नाता जोडिदिए रमाइलो लाग्छ।मान्छेको मन राम्रो भएर यसो हुन सके मानवता र मेरो रहर दुवै सुखले बाँच्ने थिए।
साथीलाई लाग्यो होला, यस देशले त खालि देश देशको कुरो ग¥यो ! खै, कुन देश कसको ? भनेर पत्तै पाइएन।यो त तपाईंहरुलाई थाहा भएकै कुरा हो, मैले भनिरहनुपर्दैन।जो जहाँ जन्मेर हुर्किनुभयो, बढ्नुभयो, पढलेख गर्नुभयो, बस्दै हुनुहुन्छ त्यही देश तपाईंको हो।तपाईंका बाआमा जुन देशका हुनुहुन्छ त्यही देश तपाईंको हो।अर्को शब्दमा भन्नुपर्दा आपूm जन्मेको भूमि आ˚्नो देश हो।तपाईंहरु देशलाई जन्मभूमि, मुलुक, राष्ट्र, थातथलोजस्ता अरु अरु नामले पनि चिन्न सक्नुहुन्छ।अँ, नबिर्सनुहोला भाषाअनुसार देशलाई चिनाउने शब्द ˚रक पर्न सक्छ।
ल साथीहरु, तपाईंका अग्रज पितापुर्खाले मेरा लागि दिएको मेरो परिचय यही हो।तपाईंले यसैमा चित्त बुझाउनुभयो भने राम्रो भयो।बुझेन भने अर्को भेटमा ग˚िऔँला, अहिले नै भने बिदा हौँ है त ! ‘अस्तु’